राष्ट्रिय समावेशी आयोगले सार्वजनिक पद धारण गरेका व्यक्ति,उद्योगी तथा व्यापारीका सन्ततीलाई निजामती सेवामा आरक्षणको सुविधा नदिन सरकारलाई सिफारिस गरेको छ । आयोगले आरक्षण व्यवस्थाबारे सरकारले विभिन्न तीन बुँदे सिफारिस गरेको छ । २०६३ सालदेखि २०७९ सालसम्म भएका संविधान सभा, राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा र यसै अवधिमा संघीय एवम प्रदेश कार्यपालिकामा प्रतिनिधित्व अवस्थाको […]

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षा तालिका सार्वजनिक गरेको छ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परिमार्जन गरी प्रकाशित गरिएको हो । वार्षिक परीक्षा प्रणाली अनुरुप २०८० चैत्र २८ गते देखि संचालन हुने भनिएका ४ वर्षे स्नातक तह २०८० का शिक्षाशास्त्र, मानविकी, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित परीक्षा दिने परीक्षार्थीहरुको […]

एकीकृत समाजवादी निकटको  पेसागत महासंघ नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ । पेशागत महासंघको प्रतिनिधिले आज मन्त्री जोशीलाई भेटेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नामै परिवर्तन गर्नेदेखि संघीय निजामती सेवा ऐन चालु अधिवेशनबाटै पारित गर्न  ध्यानाकर्षण गराएको हो । पेशागत महासंघले सातै प्रदेशमा श्रमिक अस्पताल स्थापना […]

नेपाल प्रहरीका बर्खास्त प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । विशेष अदालतले आज (मंगलबार) उनलाई दुई वर्ष जेल र ८ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार मुद्दामा केसीलाई दोषी ठहर गरेको हो […]

महोत्तरीको जलेश्वर नगरपालिकामा जनप्रतिनिधिहरुले १० बुँदे मागसहित ताला ठोकेका छन् । नगरपालिकाका सात जना वडाध्यक्षसहित पाँच कार्यपालिका सदस्यले पालिकाको प्रमुख प्रशासकिय अधिकृत, योजना शाखा ,लेखा शाखा तथा प्राविधिक शाखामा ताला ठोकेका हुन् । नगरप्रमुखले आफन्तको र ठेकेदारको काम आन्तरिक रुपमा गर्दै आएको तर नगरवासी प्रति उनको कुनै चासो नरहेको एकजना वडाअध्यक्ष बताए। त्यस्तै किसानहरुका लागि […]

पर्साको धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि गाउँपालिका सदस्यले कुटपिट गरेका छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद साहमाथि गाउँपालिका सदस्य दिनेश प्रसादले कुटपिट गरेका हुन् । प्रत्यक्षदर्शीका अनुसार सामान्य विषयमा एकछिन भनाभन परी हात हालाहाल समेत भएको बताइएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी मोहन बिक्रम केसीको नेतृत्वमा प्रहरी टोली पुगेपछि कार्यकारी अधिकृत साहले […]

नव नियुक्त शिक्षामन्त्री सुमना श्रेष्ठले प्रशिक्षार्थी कर्मचारी भर्ती गर्ने गरी जारी गरेको कार्यविधिको सत्तारुढ दलकै सांसददेखि कर्मचारीहरुले विरोध गरिरहेका छन् । मन्त्री श्रेष्ठले उच्च शैक्षिक संस्थामा अध्ययनरत तथा उच्च शैक्षिक उपाधिको लागि प्रतिक्षारत विद्यार्थीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा अन्तर्गतका निकायबाट सम्पादन हुने कार्य तथा सेवाका विषयमा इन्टर्नसीप कार्यक्रममार्फत् व्यावहारिक सीप र कार्य अनुभव […]

प्रधानसेनातपति प्रभुराम शर्माले आफू घर जानु ६ महिना अघि एक पटक नेपाली सेनाका डेढ दर्जन अधिकृतहरुको सरुवा गरेका छन् । सरुवाको दुई वर्ष नपुगी प्रधानसेनातिले उनीहरुको सरुवा गरेका हुन् । सरुवा प्रधानसेनापतिले आफू अनुकुलका अधिकृतलाई ल्याएको स्रोतले जनाएको छ । नेपाली सेनाले डेढ दर्जन अधिकृतहरुको सरुवा गरेको छ । सेनाले प्रमुख सेनानीसहितका अधिकृतहरुलाई काज नियुक्ति […]

पूर्वाधार विकास कार्यालय राजविराजका प्रमुख माथि हातपातपछि उक्त कार्यालयका कर्मचारीहरू फायर भएका छन्। उनीहरूले दोषीउपर कारबाहीको माग गर्दै उनीहरूले कालोपट्टी बाँधेर विरोध गरेका छन् । मधेश प्रदेशसभामा जनमत पार्टीका संसदीय दलका नेता एवं प्रदेशका निवर्तमान शिक्षामन्त्री महेशप्रसाद यादवले आइतबार पूर्वाधार विकास कार्यालय राजविराजका प्रमुख प्रवीणप्रताप अधिकारीलाई दुर्व्यवहार गरेका हुन्। दुई वटा आयोजनाको चिठी आफूले पठाएको […]

मोरङ जिल्लाको बेलबारी नगरपालिका–७ बाहुनीबाट चैत १७ गते सशस्त्र प्रहरीले ८ लाख ७४ हजार ५ सय ५२ रुपैयाँ बराबरको चाँदीको तयारी गरगहनासहित एक जनालाई नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा सोही जिल्लाको कानेपोखरी गाउँपलिका–६ बस्ने ३८ बर्षिय बिजय खत्रीलाई १७ केजी ९ सय ६० ग्राम चाँदीको तयारी गरगहनासहित सुरक्षा बेश बाहुनीले नियन्त्रणमा लिएको हो […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।