बिल भुक्तानी सहजीकरणका लागि भन्दै एक लाख २० हजार लिने अधिकृत पक्राउ परेका छन् । । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग १ लाख २० हजार घुस लिने अधिकृतलाई अख्तियारबाट खटेको टोलीले घुस रकमसहित रंगेहात पक्राउ गरेको हो । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास […]

सचिव बढुवा सिफारिस समितिले दुई सहसचिवलाई सचिव बढुवाका लागि सिफारिस गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम राया महालेखापरीक्षकमा नियुक्त भएसँगै रिक्त रहेको एक सचिवको पद र कायममुकायम महालेखापरीक्षक महेश्वर काफ्ले घर गएसँगै रिक्त हुन पुगेको सचिव पदमा एक एक जना सहसचिवको नाम सिफारिस भएको हो । प्रशासनतर्फ रिक्त एक सचिव पदका […]

निजामती क्षेत्रको सबैभन्दा पुरानो र ठूलो संगठन नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षको भूमिकामा छन् लेखनाथ कोइराला । विगत दुई बर्षदेखि उक्त संगठनको कमाण्ड गरिरहेका कोइराला । हिँउदे अधिवेशनमा ल्याउन खोजिएको संघीय निजामती सेवा विद्येयक संसदको एउटामात्र सिटिङमा अल्झिएको छ । संघीयतामा संविधानपछिको दोश्रो संविधान मानिएको विद्येयकमा कर्मचारी ट्रेड युनियन हटाउने बिषयमा संघीय संसदमै अधिकांश संसदहरुको […]

दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि चीनबाट ड्रिलिङ सर्वेका सामानहरू आएसँगै चौबिसै घण्टा सुरक्षा दिनका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।तत्कालका लागि १५ जना सशस्त्र प्रहरी राखिएको हो। नेपाल प्रहरी पनि नजिककै रहेको भएपनि परियोजनास्थलमा बस्ने गरी १५ जना सशस्त्र प्रहरी खटाइएको जिल्ला सुरक्षा समितिका अध्यक्ष खिमराज भुसालले बताए। दैलेखका प्रमुख जिल्ला […]

मगाउँपालिका-४ माथिल्लो मसिनेस्थित मध्यवर्ती सामुदायिक वनबाट अवैध लागूऔषध गाँजा १ सय ५० किलोसहित ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-७ बस्ने १९ वर्षीय टिकाराम प्रजा, सोही गाउँपालिका-३ बस्ने १५ वर्षीय किशोर, कैलाश गाउँपालिका-४ बस्ने २८ वर्षीय बम बहादुर चेपाङ, २७ वर्षीय हरि कुमार प्रजा, २७ वर्षीय बिरमान प्रजा, मनहरी […]

एनएमबि बैंकले एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । बुधबार बैंकले आफ्नो बल्खु शाखाबाट शुरु गरि कीर्तिपुरको उमा महेश्वर मन्दिर परिसरसम्मको पैदल यात्रा गरी एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो । बैंकले ‘हाम्रा सम्पदा हुन खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय’ भन्ने नाराका साथ मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन […]

‘काम गरे विवादमा,कामै नगरे हाइसञ्चो !’ नीति नियम बनाउने ठाउँमा बसेका सिंहदरबारका एक सहसचिवको टिप्पणी हो यो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत ती सहसचिवका अनुसार ‘राजनीति र कर्मचारीतन्त्रमाथि दलालतन्त्र हाबी हुँदै जाँदा अहिले सिंगो प्रशासन संयन्त्र त्राहीमाम छ ।’ निर्णयकर्ता उम्कने,टिप्पणी उठाउने सोझा सिधा कर्मचारीलाई मात्र अख्तियारदेखि मुद्धा मामिला खेप्नुपर्ने भए पछि अहिले […]

आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरले विभिन्न ३० वटा कम्पनीलाई कर निर्धारण नहुनु पर्ने कारणसहित जबाफ पेस गर्न निर्देशन दिएको छ ।  विभिन्न ३० वटा कम्पनीलाई पत्र पठाउँदै कर निर्धारण हुनु नपर्ने ठोस प्रमाण तथा कागजात पेस गर्न १५ दिनको समय दिइएको छ । आन्तरिक राजश्वले पशुपति ट्रेड कन्सर्न, एन्टिक इन्जिनियरिङ्ग एण्ड कन्स्ट्रक्सन, जैन ईन्टरप्राईजेज, कृष्ण सर्जिकल […]

नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । उपाध्यक्ष लामा बुधबार पेप्सीकोलाबाट पक्राउ परेका हुन् ।लागु औषध खैरो हिरोइनको कारोबारको सम्बन्धमा तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ साल जेठ २० गते फैसला सुनाउँदै लामाले लागु औषधको कारोबार गरेको ठहर गरी उनलाई ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । […]

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि दरखास्त आह्वान गरिएको छ । प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि गठित सिफारिस समितिले मंगलबार एक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट छनोट गर्नेगरी सिइओमा आवेदन आह्वान गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नियमावली तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।