स्वास्थ्य बिमा के हो ? स्वास्थ्य बिमा भनेको हरेक नागरिकले आफ्नो स्वास्थ्य सेवा प्राप्त गर्नका लागि केही रकम योगदान गरी सुविधा प्राप्त गर्ने प्रणाली हो । घाइते वा बिरामी भएको अवस्थामा व्यक्तिगत खर्च कम गरेर गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउनु नै यसको उद्देश्य हो । स्वास्थ्य बिमामा पनि बर्सेनि केही निश्चित शुल्क बुझाउनुपर्ने हुन्छ, जसलाई ‘योगदान’ वा ‘प्रिमियम’ भनिन्छ । […]

लोकसेवा आयोगले सहसचिव तहको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रशासन,परराष्ट्र,लेखापरीक्षण,न्याय सेवा,सरकारी वकिल समूहतर्फ लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगका अनुसार प्रशासन सेवातर्फ ९,लेखापरीक्षण,परराष्ट्र,न्याय र सरकारी वकिल समूहबाट एक एक जना सहसिचवमा नियुक्तिका लागि सिफारिस भएका हुन । प्रशासन सेवा तर्फ ९ जना माग गरेकोमा लिखित परीक्षाबाट अन्तर्वार्तामा छनौंट भएका १३ जनाको […]

  नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । भ्रष्टाचार मुद्दा खेपिरहेका काँग्रेस सांसदको निलम्बन फुकुवा भएको हो । यो संगै संघीय संसद सचिवालयले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गरेको छ । संघीय संसदमा महासचिव पद्म प्रसाद पाण्डेयले बुधबार सूचना जारी गर्दै सर्वोच्चको आदेशअनुसार निलम्बन फुकुवा गरेको सूचनाजारी गरेका हुन् […]

भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक विदुरप्रसाद खनालमाथि कार्यकक्षमै दुर्व्यवहार भएको छ । उनलाई क्रान्तिकारी माओवादी बताउने युवाहरूले बुधवार अपरान्ह बबरमहलस्थित कार्यकक्षमै छिरेर कालोमोसो दलेका हुन् । मोहन वैद्य निकट युवा नेताहरूले बबरमहलस्थित खनालको कार्यकक्षमा प्रवेश गरी केही काम नगर्ने र सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन मिलेमतो गरेको आरोप लगाउँदै मोसो दलेका थिए। यसरी मोसो […]

काठमाडौँ, १२ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच रहिआएको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउँदै दुवै देशको हितमा सहयोग आदानप्रदान हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्ड र नेपालको राजकीय भ्रमणमा रहनुभएका मित्रराष्ट्र कतारका अभिर (राजा) शेख तामिम बिल हमाद अल थानीबीच आज यहाँ भएको ‘द्विपक्षीय वार्ता’ का क्रममा प्रधानमन्त्रीले नेपालमा कृषि, पर्यटन एवं […]

पाटन उच्च अदालतले पर्यटन बोर्डको कार्यकारी प्रमुख छनौट प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले १० वैशाखमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । पर्यटन बोर्डमा रिक्त सीईओ नियुक्तिका लागि छनोट गर्न गठित उपसमिति नै गैरकानुनी भएको र छनोट उपसमिति अवैद्यानिक रहेको ठहर गर्दै्र उच्च अदालतले […]

नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको करेन्ट लागेर ज्यान गएको छ । वीरेन्द्रनगर नगरपालिका–३, तातापानीका स्थायी ठेगना भएका २८ बर्षीय विशाल केसीको करेन्ट लागेर ज्यान गएको बताइएको छ । विद्युत् प्राधिकरण सुर्खेतमा कार्यरत केसी बराहताल गाउँपालिका–८, कुनाथरी भन्ने ठाउँमा विद्युत् मर्मत गर्ने पुगेको थिए । सोही स्थानमा विद्युत मर्मतकै क्रममा करेन्ट लागेको विद्युत् प्राधिकरण सुर्खेतले जनाएका […]

तस्करसँग समाएको सुन पगाल्ने मेसिन राजश्व अनुसन्धान विभागले नेपाल राष्ट्र बैंकलाई नदिएपछि केन्द्रीय बैंकले ५० लाख लगानीमा सुन पगाल्ने मेसिन खरिद प्रक्रिया अगाडि बढाएको छ । विभागले टोखा र सोह्रखुट्टेबाट चार वटा सुन पगाल्ने मेसिन बरामद गरेको भए पनि केन्द्रीय बैंकलाई हस्तान्तरण गरेको छैन । क्विन्टलका क्विन्टल सुन बरामद हुन थालेपछि केन्द्रीय बैंकले सुन गाल्न […]

आठ बर्ष अगाडि गएको विनाशकारी भुकम्पले नेपालीका थुप्रै कुरा खोस्यो । कतिका आफन्त खोस्यो । कतिबाट घर थुत्यो । कतिसित शरीरका अंग नै लुछ्यो । कलाकार धुर्मुस सुन्तलीको कलाकारिता खोस्यो । हास्यकला क्षेत्रमा धुर्मुस सुन्तलीको एउटा उचाई थियो । तर, भूकम्पले उनीहरूलाई ‘पैसा उठाएर समाजसेवा गर्ने अभियन्ता’ बनाइदियो । धुर्मुस सुन्तलीले सिन्धुपाल्चोकमा गिरानचौर एकीकृत नमूना […]

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी सहभागी पहिलो कार्यालय प्रमुख बैठकमा बहुमत हाकिमहरूको अनुपस्थिति देखिएको छ । एक महिनाअघि मात्रै आएका जोशीले वैशाख ६ गते बैठक डाकेका थिए । हरेक महिनाको ५ गते नियमित यस्तो बैठक राख्ने तालिका छ । वैशाख ५ गते रामनवमी पर्वको बिदाका कारण भोलिपल्ट जिल्ला प्रशासन कार्यालयमा बैठक आयोजना गरिएको थियो […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।