इलाम । इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछि नेकपा एमालेले आज विजय सभा गर्ने भएको छ । शनिबार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले जितेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट विजयको प्रमाणपत्र प्राप्त गरेपछि नगर परिक्रमासहित विजय सभाको आयोजना हुँदैछ । दिउँसो १ बजे हुने विजय सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ उपसचिवको पदस्थापन गर्दै छ । शाखा अधिकृतबाट बढुवा भएका उपसचिवको पदस्थापन सूची मन्त्रालयले तयार गरिरहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । ती उपसचिवहरुमध्ये अधिकांशलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर नगरपालिकामा खटाउन लागिएको सामान्य प्रशासनले जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २९ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले इञ्जिनियरिङ सेवाका ६,विविध सेवा,शिक्षा सेवा, नेपाल आर्थिक योजना तथा तथ्यांक सेवाका एक/ एक र बाँकी २० जना प्रशासन सेवाका उपसचिवहरुको सरुवा गरेको हो । सरुवाको सूची अनुसार ५ उपसचिव गृहबाट बाहिरिएका छन् भने १ जनामात्र गृहमा प्रवेश पाएका छन् । गृहबाट […]

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारी अनिवार्य अवकाशमा गएसँगै रिक्त हुन पुगेको एक सचिव पदका लागि तीन सहसचिवबीच प्रतिष्प्रर्धा चल्दैछ । बढुवा सिफारिस समितिले सचिव सुरेश अधिकारी अनिवार्य अवकाशमा गएसँगै रिक्त हुन पुगेको पदमा बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय लोकनाथ पौडेल, गोविन्द कार्की […]

– संकेत कोइराला दुई तिहाईको सरकार बनेपछि माटो छोए सुन हुन्छ भन्ने मनोविज्ञानमा धमिरा लागेको छ । शक्तिपीठका एकाध सय भक्तबाहेक अरूको अवस्था शरणार्थीजस्तै छ । छोटे नेताहरूका लागि जनप्रतिनिधिको जागिर अलि समयका लागि चिनीको चास्नीमा डुबेको कमिलाको जस्तै हुने निश्चित छ । स्थानीय तह थोर बहुत जनतासँग नजिकै छन् तर प्रदेशको संरचना कसैलाई नछुने […]

बिषय प्रवेश  विश्वव्यापी तापक्रम वृद्धि अर्थात उष्णीकरणले जलवायुको विद्यमान ढाँचामा अस्वाभाविक परिवर्तन ल्याएको छ ।हरितगृह ग्यास वायुमण्डलको तल्लो तहमा थुप्रिँदै गएपछि तापको विकिरण जमिनबाट परावर्तन भएर वायुमण्डलसम्म पुग्न नपाउने अवस्थाले पृथ्वी तथा पृथ्वीको तल्लो वायुको तापक्रम बढ्ने क्रम जारी रहेको छ । जलवायु परिवर्तनको विषयले विश्वका सबै जीवात्मा तथा यससँग सम्बद्ध सबै आयामलाई प्रतिकूल प्रभाव […]

नेपाल राष्ट्र बैंकबाट एसबिआई बैंक सम्मानित भएको छ । नेपाल एसबिआई रेमिट्यान्सको आप्रवाह विधा तर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको हो । नेपाल राष्ट्र बैंकको ६८ औं वार्षिक उत्सव समारोहको अवसर बिहीबार गरिएको कार्यक्रममा नेपाल एसबिआई बैंक लाई प्रशंसापत्र प्रदान गरेको हो । उक्त प्रशंसापत्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस बैंकका प्रमूख कार्यकारी […]

कामना सेवा विकास बैंकले बुटवल, रुपन्देहीस्थित ओम मुक्तिनाथ पोलिक्लिनिक प्रालिसँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाको पहुँच सर्वसाधारण व्यक्तिहरुसम्म पुर्याउने उदेश्यले स्थापित उक्त पोलिक्लिनिकमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको […]

के सरकारी कर्मचारीले घण्टै पिच्छे हाजिर गर्ने सम्भव हुन्छ ? त्यो पनि सेवाग्राहीको अत्याधिक भीड हुने कार्यालयमा, कर्मचारीले बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म घण्टै पिच्छे हाजिर गर्ने कुरा कतिको व्यवहारिक होला ? संघीय एक मन्त्रीले आधा आधा घण्टामा मिटिङ,घण्टा घण्टामा प्रगति विवरण खोजेर हैरान बनाएकै शैलीमा प्रदेशका मन्त्रीले कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्न निर्देशन दिएका […]

काठमाडौं । घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घूस लिएपछि पक्राउ परेका कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलीविरुद्ध मुद्दा दायर भएको छ । १५ हजार रुपैयाँ घूसको रकमसहित पक्राउ परेका उनीविरुद्ध आयोगले सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनलाई आयोगको बुटवल कार्यालयको टोलीले गत चैत १८ गते नियन्त्रणमा लिएको थियो । […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।