Author: कर्मचारी प्रेस
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ र हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर ७ (सात) ले वृद्धि गरेको हो । आन्तरिक हवाई इन्धन एक सय ३६ रुपैयाँ र बाह्य हवाई इन्धन १.०३५ […]
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. विजुकुमार थपलियालाई नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार गौतम र थपलियालाई विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले विश्वविद्यालयमा हुने दलीय भागबन्डाको अन्त्य गरी प्राज्ञिक प्रतिष्पर्धाका आधारमा नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ […]
पशुपतिनाथको मन्दिरमा राखिएको जलहरीमा भ्रष्टाचार प्रकरणमा मुद्धा खेपिरहेका तिनै जनालाई विशेष अदालतले सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १४ गते पशुपतिनाथको मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको ठहर गर्दै पशुपति क्षेत्र विकास कोष सञ्चालक समितिका पूर्व सदस्य सचिव डा. प्रदीप ढकाल, पूर्व कोषाध्यक्ष एवं निवर्तमान सदस्य सचिव डा मिलनकुमार थापा र स्टोरकीपर […]
संसद् बैठकमा उपस्थित भएर नीति निर्माणमा सहभागी हुनु र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनु सांसदको जिम्मेवारी नै हो । तर, रसुवावासीले निर्वाचनबाट जिताएर संघीय संसद बनाएर पठाएका इ. मोहन आचार्य विना सूचना पाँच बैठकमा बैठकमा अनुपस्थित रहेको विवरण संघीय संसद सचिवालयले दिएको छ । गत माघमा शुरु भएर वैशाखमा हठात अन्त्य भएको हिँउदे अधिवेशनमा रसुवाका […]
भारतको चर्चित आईटीसी ग्रुप अफ होटल्स अन्तर्गतको फर्चुन होटेलले नेपालबाट आफ्नो अन्तराष्ट्रिय यात्रा सुरु गरेको छ । हिलटेक कम्पनीका लगानीकर्ता कमल जैनले भारतीय होटल ग्रुप आईसीटीसँग मिलेर भक्तपुरको साँगामा ‘फर्चुन रिसोर्ट एण्ड वेलनेस स्पा’ सञ्चालनमा ल्याएका छन् । फर्चुन रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्दै फर्चुन होटलका प्रबन्ध निर्देशक समिर एमसीले भने, ‘नयाँ आर्थिक वर्ष […]
४ लाख घुससहित पक्राउ परेका ४ कर्मचारीमध्ये विशेष अदालतले दुईलाई दोषी करार गर्दै सजाय सुनाएको छ । दुईलाई निर्दाेष ठहर गरेको हो । गत असारमा ग्रामिण सडक सुधार आयोजना, आयोजना कार्यान्वयन इकाइ झापा (दमक)का चार जना कर्मचारी चार लाख घुससहित अख्तियारले पक्राउ गरेको हो ।ती मध्ये दुईलाई दोषी र दुई निर्दाेष भएको विशेषले फैसला सुनाएको हो […]
एभरेष्ट बैंक लिमिटेडले देशका स्थानमा रहेका ग्राहकहरुलाई दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरु उपलब्ध गराउने उद्देश्यले चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ । आज मायादेवी गाउँपालिका वडा नं. १, पकडी कपिलवस्तुमा तौलिहवा शाखा कार्यालयको मातहतमा रहने गरी काउन्टर उद्घाटन गरिएको हो । उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन लुम्बिनी प्रदेशको क्षेत्र नं. १ (ख) का […]
फरक फरक पाँच वटा भ्रष्टाचार मुद्धा खेपिरहेका उपसचिवले सबै मुद्धामा सफाइ पाएका छन् ।कार्यसम्पन्न नहुँदै रकम भुक्तानी गरेको, सामुदायिक भवन निर्माण, खेल मैदान, संग्रहालय भवन निर्माण, सडक ढलानजस्ता कार्यमा अनियमितता गरेको अभियोगमा भ्रष्टाचार मुद्धा खेपिरहेका ती उपसचिवलाई विशेष अदालतले सबै मुद्धामा क्लिन चिट दिएको हो । विशेष अदालतले बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद […]
पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट १ करोड ३४ हजार ८ सय रुपैयाँ चोरी भएको छ । सोमबार बिहानीपख ४ बजेतिर बैंकबाट रकम चोरी भएको हो । चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलले बताए । चोरी भएको समयमा बैकमा सेक्युरेटी गार्डसमेत नभएको खुलेको छ । सेक्युरेटी गार्ड […]
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिले कार्यकारी निर्देशक पदका लागि पुस २७, २०८० मा आवेदन माग गरेको थियाे । प्रतिष्ठानको निर्देशक पद रिक्त रहेको भन्दै समितिले पदपूर्तिका लागि ४ महिना अगाडी देखि दरखास्त आह्वान गरे पनि आज फेरि विज्ञापन प्रकाशित गर्दै प्रतिष्ठानको कार्यकारी निर्देशक पदका लागि दरखास्त माग गरेको छ । न्यूनतम योग्यता र अनुभव […]