Author: कर्मचारी प्रेस
काठमाडौँ । बेलायती सरकारका पूर्व मुख्य वैज्ञानिक सल्लाहकार प्याट्रिक भ्यालेन्सले अर्को महामारीको चेतावनी दिएका छन्। उनले केही समयपछि अर्को महामारी आउने निश्चित रहेको बताए । पूर्ववैज्ञानिक सल्लाहकारले आगामी सरकारलाई यसतर्फ ध्यान दिन सुझाव दिएका छन् । उनले कोरोना जस्तो परिस्थितिसँग जुध्न तयार रहनुपर्ने बताए । महामारीको सामना गर्न हामी अझै तयार नभएको उनले जोड दिए […]
सङ्घीय निजामती सेवा विधेयक २०८० लाई दफावार छलफलका लागि संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा पठाइएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सो विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत भएको छ । गत चैत्रमा […]
सरकारको यस बर्षको बजेट वक्तव्यले निजामती कर्मचारीहरुलाई निरुत्साहित पारेको छ । हिजो सार्वजनिक बजेट बक्तव्यमा आगामी आर्थिक वर्षमा कर्मचारीको तलब, भत्ता र अन्य सुविधा नबढाएका कारण कर्मचारीहरु निरुत्साहित भएका हुन । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत आगामी आव २०८१/ ८२ को बजेट वक्तव्यमा कर्मचारीको तलब, भत्ता र अन्य सुविधाको विषयमा केही […]
बाग्मती प्रदेश सरकारले प्रदेशका सात पत्रकारलाई पुरस्कृत गरेको छ । गणतन्त्र दिवसको अवसरमा प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा वाग्मती प्रदेशमा सक्रिय रहेका सात जना पत्रकारलाई पुरस्कृत गरेको हो । गणतन्त्र दिवसका अवसरमा बागमती प्रदेश सरकारले कर्मचारी प्रेस अनलाइनका सञ्चालक तथा प्रधानसम्पादक तथा जनआस्था साप्ताहिकका बरिष्ठ संवाददाता हरि गजुरेललाई विकास पत्रकारिता पुरस्कार प्रदान […]
काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ मा गृह मन्त्रालयमा सरकारले १ खर्ब ९९ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री पुनले सरकारले अमनचयन कायम गर्दै सुरक्षाको प्रत्याभूति गर्ने बताए । उनले नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगलाई संस्थागत सुदृढीकरण गरी दक्ष एंव व्यावसायिक बनाइने बताए । उनले भने,‘सुरक्षाकर्मीको सेवानिवृत्त […]
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ लागि संघीय सरकारले प्रदेश तथा स्थानीय तहमा राजस्व बाँडफाँटबाट एक खर्ब ५९ अर्ब बढी रकम पठाउने अनुमान गरेको बताएका छन् । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले चालु वर्षको लागि गरिएको अनुमानको तुलनामा न्यून राजस्व बाँडफाँट हुने उल्लेख गरेका छन् […]
संघीय निजामती सेवा ऐन यसै अधिवेशनबाट पारित गरेर कार्यान्वयन गरिने पनि घोषण गरेका छ्न । आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् । उनले थप्दै भने, ‘राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउन, काममा उत्प्रेरणा बढाउन, सेवा सुरक्षा, संरक्षण र अनुमानयोग्य सरुवा बढुवा प्रणाली सुनिश्चित गरिनेछ । सार्वजनिक क्षेत्रमा सूचना प्रविधिको अधिकतम […]
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीहरूको अनिवार्य अवकाश उमेर हद पुनरावलोकन हुने भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी नियमावली अनुसार प्रहरी महानिरीक्षकहरू ५८ वर्ष उमेर हदले अनिवार्य अवकाशमा जाँदै आएका छन् ।आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले अवकाश उमेरलाई पुनरावलोकन गरिने बताएका हुन् । ५८ वर्षमा अनिवार्य अवकाश […]
सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै साढे ५ खर्ब रुपैयाँ बराबरको घाटाको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको तुलनामा ६.२ प्रतिशतले ठुलो आकारको बजेट ल्याएको सरकारले ५ खर्ब ४७ अर्ब ६७ करोड रुपैयाँको घाटाको बजेट ल्याएको हो । १. उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब ३२ करोड विनियोजन २. वन तथा वातावरण मन्त्रालयलाई […]
सरकारले केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गर्ने घोषणा गरेको छ । आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् । उनले जयनगर बर्दिबास रेलमार्ग अन्तर्गत विजलपुरा बर्दिबास खण्ड र बसनाह–विराटनगर खण्डको जग्गा प्राप्तीको काम सम्पन्न गर्ने समेत घोषणा गरे ।