Author: कर्मचारी प्रेस
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता जारी गर्ने र प्रतिलिपी दिने क्रममा गडबडी र बदमासी भएको भेटिएपछि प्रहरीले अनुसन्धानको सुँइ कर्मचारीपट्टी सोझाएको छ । कैलाश सिरोहियालाई नागरिकता दिँइदा तत्कालीन अबस्थामा लागू नै नभएको वंशजको आधारमा नागरिकता दिइएको अनुसन्धानबाट खुलेसँगै प्रहरीले यो प्रकरणमा जोडिएका दुई कर्मचारीलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउनका लागि अदालतबाट पक्राउ पूर्जी […]
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विपक्षी दलको बैठकमा सहभागी भएको भोलिपल्टै एसका सम्मानिता नेता झलनाथ खनाल वालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेर फर्किएका छन् । विपक्षी दलको बैठकमा सहभागी हुन अध्यक्ष नेपाल हिजो बूढानिलकण्ठस्थित शेरबहादुर देउवाको निवासमा पुगेका थिए । त्यहाँ काँग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेर मधेश प्रदेशको सरकार जोगाउने सहमति गरेर उनी […]
प्रहरीमा फेरि पनि ३० वर्षे सेवाहदको खारेजी र उमेरहदबाट अवकाश हुनुपर्ने विषयको बहसले चर्को रुप लिएको छ ।उमेरहदको टण्टोले निजामतीदेखि प्रहरीका हाकिमसम्मलाई तनाव दिइरहेको छ । निजामतीमा ६० बनाउने तयारी हुँदै छ । न्यायाधीशमा ६५, प्रोफेसरहरू ६३ प्रावधान छ र सुरक्षा निकायमा ३० वर्ष प्रावधानले समय–समयमा चर्चा पाउँदै आएको छ । सुरक्षा निकायबीच नै अवकाशमा […]
सरकारले यो वर्ष पनि सरकारी कर्मचारीहरूको तलब र भत्ता नबढाउँदा उनीहरूको क्रयशक्ति कमजोर हुन सक्ने एक विज्ञले बताएका छन्। सरकारले बजेट वक्तव्यमार्फत् शिक्षक, निजामती कर्मचारी, सेना, प्रहरी लगायत सरकारी कोषबाट राष्ट्रसेवकहरूले पाउने तलब र भत्ता थप्ने गरेको छ। अन्तिम पटक आर्थिक वर्ष २०७९-८० को बजेट वक्तव्यमार्फत् २०७९ साउनबाट लागु हुने गरी सबै सरकारी कर्मचारीहरूको तलबमा […]
राष्ट्रसेवकका रूपमा चिनिँदै आएका कर्मचारीहरू दिनहुँजसो भ्रष्टाचार काण्डमा तानिन थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालु आर्थिक बर्षको पछिल्लो १० महिनामा ९ सचिवलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा चलाएको छ । अख्तियारले पछिल्लो १० महिनामा १ सय ५९ वटा मुद्दा लैजादा ४२९ कर्मचारी र २३४ जनप्रतिनिधिसहित १३३१ लाई प्रतिवादी बनाएको छ । चालु आर्थिक बर्षको […]
विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा पशुपति विकास कोषका तत्कालीन सदस्य सचिव डा प्रदीप ढकाललाई सफाइ दिएको छ । बुधबार विशेषले उनलाई सफाइ दिने फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष ११ असारमा ढकालविरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियारले ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले […]
सरकारले चालु आर्थिक बर्षमा भन्दा आगामी आर्थिक बर्षमा कर्मचारीको पारिश्रमिकता शीर्षकमा बजेट घटाएको भेटिएको छ । सरकारले आगामी बर्षका लागि कर्मचारीको पारिश्रमिक शीर्षकमा १ खर्ब २२ अर्ब ५४ करोड ३८ लाख रुपैयाँ विनियोजन गरेको छ । कर्मचारी र पदाधिकारीको पारिश्रमिक शीर्षकको चालु आर्थिक बर्षमा भन्दा आगामी आर्थिक बर्षमा घटाइएको हो । चालु आर्थिक बर्षमा १ […]
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहविरुद्ध डिभिजन सडक कार्यालय काठमाडौँले ‘एक्सन’ लिएको छ ।डिभजिनका प्रमुख ई. नारायणदत्त भण्डारीले महानगरपालिकालाई पत्राचार गर्दै सो अल्टिमेटम दिएका हुन् । बुधबार काठमाडौँ महानगरलाई पत्र लेख्दै सडक विभागअन्तर्गतको सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँले भत्काइएको सडक खण्ड २ दिनभित्र पुनर्स्थापना गर्न अनुरोध गरेको छ । डिभिजन कार्यालयको क्षेत्राधिकारभित्र रहेको न्यूरोड सडकमा […]
विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लागेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीशहरू खुशीप्रसाद थारू, तेजनारायण सिंह र मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई थुनामा राखी मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको हो । आदेशपछि उनलाई डिल्लीबजार कारागारमा लगिएको छ । १० माघमा पक्राउ परेदेखि […]
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि हिरासतमुक्त भएका छन् । जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिर जमानीमा उनलाई हिरासतमुक्त गरेको एक प्रहरी अधिकारीले बताए । उनले भने, ‘उहाँलाई हाजिरी जमानतमा छोड्न जिल्ला प्रहरी कार्यालय ललितपुरलाई सिफारिस गरेका थियौँ। उहाँहरूले पनि परिवारको जिम्मामा उहाँलाई हाजिरी जमानतमा छोडेको छ। प्रहरीले […]