Author: कर्मचारी प्रेस
शुरुमा मजबुरी देखाएर हात फिजाउने,रकम पाइसकेपछि काम गर्न नसक्ने । यस्तो लाचारीपना देखाएको छ,रसुवा जिल्लाको एउटा गाउँपालिकाले । उक्त पालिकाले सोही क्षेत्रभित्र रहेको एक जलविद्युत परियोजनासँग हात तल पारेर एम्बुलेन्स खरिद गर्नका लागि रकम माग्यो । तारान्तार रकम माग गर्दै पत्राचार गर्ने काम भए पछि सिअएसआर अन्र्तगत उक्त जलविद्युत परियोजनाले ८७ लाखभन्दा बढी रकम पालिकाको […]
जिल्ला अदालत काठमाडौँले सामाजिक सञ्जाल अभियन्ता पुण्य गौतममाथि आक्रमणमा संलग्न दुई अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमले ४१ वर्षीय मिलन लामा भनिने दिलबहादुर गङदान र ३० वर्षीय टासी भनिने सञ्जिव लामालाई थुनामा राखेर अनुसन्धान गर्न आदेश सुनाएका हुन् । बुधबार जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसको क्रममा […]
हङकङ प्रवासी संखुवासभा, मादीका साहित्यकार दाजु गुरुङको तेस्रो तथा पहिलो उपन्यासकृति ‘निरजोया’को बुधबार राजधानीमा संघीय विमोचन तथा अन्तरविमर्श कार्यक्रम आयोजना गरियो । यसअघि कोशी प्रदेशको इटहरीमा र हङकङमा ‘निरजोया’को विमोचन कार्यक्रम सम्पन्न भएको थियो । सभ्यता अन्वेषण केन्द्रद्वारा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराई, विशिष्ट अतिथि कवि तथा प्राज्ञ श्रवण मुकारुङ, […]
एउटा सुब्बाले सिंगो विभागका हाकिमहरुलाई हल्लाइदिन्छन् भन्दा पत्याउन गाह्रै पर्ला । तर प्रधानमन्त्री कार्यालय मातहतका विभागका एक मामुली सुब्बा तहका कर्मचारीले पटक पटक सरुवा उल्टाएर सोही कार्यालयमा टिकिरहन सफल भएको भेटिएको छ । ती सुब्बा तहको कर्मचारीको पावर र हैसियत यतिसम्म छ कि उस्ले मर्यादाक्रममा आफूभन्दा धेरै माथि रहेका मन्त्री,सचिवदेखि सहसचिवसम्मले गरेका निर्णयलाई पानीको फोका’ […]
कात्तिक २१,काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी आज मेक्सिको प्रस्थान गर्नुभएको छ । मकै र गँहुवालीको प्रर्वद्धन सम्बन्धी अन्तराष्ट्रिय संस्था ( CIMMYT) ले आयोजना गरेको विभिन्न कार्यक्रममा मन्त्री अधिकारी सहभागी हुनुहुनेछ । मन्त्री अधिकारीे मकै र गहुँवाली प्रर्वद्धन सम्वन्धी दुईपक्षीय र वहुपक्षीय वैठकहरुमा सहभागी हुने कार्यक्रम रहेको छ । छलफल वाट नेपाल सरकार […]
श्रष्टाहरु यसै सामाजिक परिवेशका पात्रहरु हुन्। यी परिवेशका घटना वा अनुभूतिहरु श्रष्टाका कच्चा पदार्थहरु हुन् यिनैको मदतले श्रष्टाहरुले गीत, कविता वा कथा सिर्जना गर्ने गर्दछन् ।रचनाहरु सामाजिक परिवेशको प्रतिविम्व मात्र होइन यो सन्देशमूलक वा सूचनामूलक पनि हुनु आवश्यक छ । फरक यत्ति हो घटना वा परिवेशहरु यथार्थमा आधारित हुन्छन् ती यथार्थहरु जव श्रष्टाका अनुभूति वा […]
जिबी राईलाई नेपालबाट भगाउने भूमिका खेलेको आरोप खेप्दै आएका एक सहसचिवलाई सरकारले कार्यदलको सदस्य सचिवको जिम्मेवारी दिएको हो । मुख्य सचिव एकनारायण अर्यालले आज सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिको प्रतिवेदन, २०८१ ले औँल्याएका कानुनी सुधारका कार्य अगाडि एक कार्यदल गठन गर्दै उक्त कार्यदलको सदस्य सचिवको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा […]
नेकपा एमालेले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका उम्मेदवार टुंग्याएको छ । बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित उपनिर्वाचन हुने वडाध्यक्षका उम्मेदवारहरु निर्विरोध टुंग्याएको हो । नगर कमिटीकै निर्णयलाई सदर गर्दै बैठकले कीर्तिपुर नगरपालिकाको मेयर पदमा केन्द्रीय सदस्य डा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कीर्तिपुरका मेयर राजकुमार नकर्मीको क्यान्सरका कारण २०८१ साउन ११ गते […]
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपतिमा विजयी हुने लगभग पक्का भएको छ । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्न लागेका हुन । निर्वाचनमा होमिएकामध्ये ह्यारिस डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति हुन भने रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा उत्रिएका थिए । सात स्वीङ स्टेटमध्ये फ्लोरिडा, नर्थ क्यारोलिना र पेन्सलभेनियामा जितेका ट्रम्प […]
भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेका तत्कालीन मुख्य सचिव वैकुण्ठ अर्याल राष्ट्रिय योजना आयोगमा हाजिर हुने भएका छन् । चार महिना अघि गत असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा ३८ करोड रुपैयाँ घोटाला भएको निष्कर्षसहित विशेष अदालतमा मुद्दा दायर गरेपछि मुख्यसचिवको पदबाट स्वतः निलम्बनमा परेका थिए । यस लगतै सरकारल आयोगमा […]