कैलाली ।गौरीफन्टा नाकाबाट नेपाल आउँदै गरेका एक युवकबाट दुई जना अटो चालकले नेपाली सुरक्षाकर्मीलाई दिने भन्दै पैसा मागेपछि प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीलाई पैसा दिनुपर्छ भन्दै गोदावरी नगरपालिका–२ अत्तरीयाका २७ वर्षीय लोकेन्द्र ओझाबाट पैसा लिने अटो चालक धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने २८ वर्षीय मानबहादुर बयाडी र चौराह बस्ने ३१ वर्षीय करन बोहरा […]

चन्द्र ढकाल समूहले पाथीभरा क्षेत्रमा निर्माण गर्न लागेको केवलकारको बिषयलाई लिएर झडप भएको छ । निर्माण पक्षधर र विरोधी पक्षबिच शुक्रबार भएको झडपमा ४ जना घाइते भएका छन्। केबलकार बनाउन दिने र नदिने पक्षमा रहेकाहरुबीच शुक्रबार झडप भएको हो । जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई […]

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी न्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको हो । सुनुवाइ समितिले गत असोज १५ गते सूचना प्रकाशन गरेर दुई प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो। दुई न्यायाधीशमध्ये निरौलाविरुद्ध संसदीय सुनुवाइ […]

प्राइम कमर्सियल बैंक लिमिटेडको नायव महाप्रबन्धक ९डीजीएम०मा सुमितबाबु खत्री नियुक्त भएका छन् । कात्तिक २० गतेदेखि लागू हुनेगरी बैंकको डीजीएममा खत्री नियुक्त भएका हुन् । कुशल कार्यसम्पादनमा अब्बल खत्रीले बैंकिङ क्षेत्रमा विगत २४ वर्षदेखि काम गर्दै आइरहेका छन् ।   सिटिजन्स बैंक लिमिटेडको स्थापना कालदेखि नै कार्यरत खत्री यस अघि बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी […]

जापानी कार निर्माता कम्पनी निसानका ९ हजार कर्मचारीले एकै पटक जागिर गुमाउने भएका छन् । उक्त कम्पनीले ९ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको हो । नाफामा गिरावट आएको जनाउँदै कम्पनीले ९ हजार कर्मचारीलाई निकाल्ने बताएको छ। कम्पनीले पहिलो अर्धवार्षिकमा शुद्ध नाफामा ९३ प्रतिशतले गिरावट आएको जनाएको छ । विश्वव्यापी रूपमा कम्पनीको उत्पादन करिब पाँच […]

सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) राजु अर्यालको शब्दमा ए मायालु गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सुगम पोखरेलको स्वर रहेको छ भने महानिरीक्षक अर्यालको शब्द, सशस्त्र प्रहरीका डिएसपी सुरेश गैरेको संगीत रहेको छ। यस गीतको भिडियोमा दिपेन्द्र तिमिल्सिनाको निर्देशन, अजय रेग्मीको छायांकन, टार्जन लिम्बुको ड्रोन, मनोज कार्कीको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा आकाश […]

राहदानी बनाउनदेखि सामाजिक सुरक्षा भत्ता लिनका लागि समेत अनिवार्य गरिएको नेशनल आइटी अर्थात राष्ट्रिय परिचयपत्र अब मोवाइलको सीम लिनदेखि बैंक खाता खोल्न समेत अनिवार्य गर्न लागिएको छ । सरकारले अबको तीन महिना पछि अर्थात आगामी माघ १ गतेदेखि अनिवार्य गर्न लागेको हो ।  गत असार १० गते नै राजपत्रमा प्रकाशन गरेर सरकारले यस्तो व्यवस्था गरेको […]

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो । झण्डै ५ महिनासम्म नागरिक उड्डयन प्राधिकरण दैनिक दश घण्टा बन्द हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार,विमानस्थलन स्तरोन्नतिका क्रममा ट्याक्सीवे विस्तार गर्न दैनिक […]

सरकारले दुई आयोगका अध्यक्ष र सदस्यहरुका लागि आवेदन माग गरेको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरूको नियुक्तिका लागि नाम सिफारिस गर्न गठित उच्चस्तरीय समितिले दुवै आयोगको लागि अध्यक्ष तथा सदस्य पदका लागि आवेदन आह्वान गरेको हो । समितिको सचिवालयले यी दुई आयोगका अध्यक्ष वा सदस्यको […]

लाङ्टाङको लिरूङ इलाकामा हराइरहेका एक विदेशी पर्यटक मृत भेटिएका छन् ।लिरूङ हिमाल क्षेत्रको करिब ३० मिटरको गहिरो खोंचमा क्याप्टेन विवेक खड्काको उद्धार समूहले पर्यटकको शव फेलापारेको हो। हिमाली पदयात्राका क्रममा दुई हप्ता अगाडिदेखि हराइरहेका राहदानी नं बिसी ८९१५०२८ का ३४ वर्षीय स्लोभाकियाका अन्ड्रेज हुसुर्कालाई तेस्रोपटकको हवाई खोज उद्धारबाट फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।