Author: कर्मचारी प्रेस
कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई मङ्गलवार रुपन्देहीमा बयानका लागि ल्याइने भएको छ ।२४ दिनदेखि सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि हिरासतमा रहेका लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान गरिरहेको प्रहरीले त्यहाँ अनुसन्धान […]
सरकारले सिंहदरबारसहित देशभरका सरकारी कार्यालयमा विग्रीएर थन्क्याइएका सवारी साधन मर्मत गर्ने तथा मर्मत नहुने अवस्थामा भए विक्रीवितरण गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री कार्यालयको स्रोतले बताएको छ । सिंहदरबार सहित सरकारी कार्यालयमा सरकारी बिग्रीएका गाडी थन्क्याएका कारण कार्यालय तथा कार्यालय परिसर अव्यवस्थित तथा फोहोरी बनिरहेको भन्दै जताततै […]
अध्यात्म एक दर्शन , चिन्तन विद्या हो, हाम्रो सांस्कृतिक परम्परागत विरासत हो, ऋषिहरू एवं मनीषिहरूको चिन्तनको निचोड हो, उपनिषद्हरूको दिव्य प्रसाद हो । आत्मा, परमात्मा, जीव, माया, जन्म–मृत्यु, पुनर्जन्म, सृजना–प्रलयको बारेमा आउने जिज्ञासालाई मेटाउने एउटा अद्भूत साधन अध्यात्म हो । आध्यात्मिक बौद्धिकता विवेकबाट प्रेरित हुन्छ । विवेक भनेको सरलता, धैर्यता र विनम्रता हो । त्यो […]
सरकारले विद्युत् महसुलसम्बन्धी विवाद समाधानका लागि लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड फिडर तथा ट्रंकलाइनबारे सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिषचन्द्र लाल संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि स्वीकृति दिने निर्णय गरेको हो । यस्तै सोमबार दिउँसो १२ बजेसम्म लाइन काटिएका उद्योगमा बिजुली जोड्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको […]
चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले अहिलेसम्मकै सर्वाधिक ‘सो’ पाउने नेपाली चलचित्रको कीर्तिमान बनाएको छ । सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रले दर्शकलाई सिनेमा हलसम्म आकर्षिते गर्दै मन जितिरहेको छ । यसअघि ‘बेहुली फ्रम मेघौली’ ले देशभरि ३३५ सो पाएर कीर्तिमान बनाएको थियो तर एक महिनाभित्रै उक्त रेकर्ड तोडिएको हो । ‘बेहुली फ्रम मेघौली’ प्रदर्शन हुँदा अन्य […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीन र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम प्रा।डा। कृष्णप्रसाद ओलीलाई चीन र लोकदर्शन रेग्मीलाई अमेरिकाका लगि राजदूत नियुक्त गरेका हुन् । संविधानको व्यवस्था अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को […]
भ्रष्टाचार मुद्धामा उपसचिवसहित १३ जनाले सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ १३ गते झण्डै ३७ करोड बिगो कायम गर्दै उपसचिवसहित १३ जनालाई प्रतिवादी बनाएर चलाएको मुद्धामा ५ महिना पछि उनीहरुले सफाइ पाएका हुन । अख्तियारले सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्री प्रदीप पौडेलले दशौं र एघारौं तहका अधिकृतहरुको जिम्मेवारी हेरफेर गरेका हुन । जसअनुसार, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत रहेका डा अनुप बास्तोला मन्त्रालय तानिएका छन् । यस्तै स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा रहेका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्त […]
मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारका कर्मचारीहरु आन्दोलित भएका छन् । सर्वोच्च अदालतले गत २ असोजको आदेशविरुद्ध प्रशासन सेवा अन्तर्गतका शाखा अधिकृत र उपसचिवहरूले सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअघि प्रदर्शन गरेका छन् । उनीहरुले प्रशासन सेवा बचाउ अभियानका व्यानरमा आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्नासमेत दिएका हुन । गत २ असोजमा सर्वाेच्चले […]
अदालतको आदेश समेत नटेरेपछि ललितपुर महानगरपालिकाले हरिहरभवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर चलाएको छ । ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनधिकृत संरचना हटाउनका लागि महानगरपालिकाले गरेको निर्णय समेत अटेर गर्दै आएको विकास वोर्डले अदालतको आदेश समेत अटेर गर्दै आइरहेको थियो । बर्षाैदेखि अदालतको आदेश अटेर गर्दै आएको वोर्डमा आज बिहानै नगरप्रमुख सीताराम हाछेथुको […]