जर्नेलले बलात्कार गरेको भन्दै पत्रकारसङ्ग हारगुहार

चलचित्र शिकारी–१ की निर्माता उमादेवी खत्रीले नेपाली सेनाको अवकाशप्राप्त जर्नेल ईश्वरकुमार श्रेष्ठले जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले श्रेष्ठले पटक–पटक जबरजस्ती करणी गरेको आरोप लगाएकी हुन् ।

बिज्ञापन

आफूमाथि बलात्कार भएको भन्दै प्रहरीकहाँ पुगेकी उनलाई श्रेष्ठले ‘ज्यान मार्नेसम्मको धम्की’ दिएका छन् । ‘मारेर बोरामा हालेर फोहोरमा फालिदिन्छु’ लगायतका धम्की दिएको उनले बताइन् ।

बिज्ञापन

जिल्ला प्रहरी परिसर, टेकुमा जाहेरी दिएको लामो समय बितिसक्दासमेत प्रहरीले उनलाई कारबाही नगरेको पीडित खत्रीको गुनासो छ । आफूहरुबीचको सम्बन्ध १२/१४ वर्ष लामो भएपनि पछिल्लो पटक श्रेष्ठले आफूलाई गत कात्तिकको २३/२४ गते जबरजस्ती करणी गरेको उनको आरोप छ ।

पत्रकार सम्मेलनमा सामाजिक अभियन्ता युवराज पौडेल ‘सफल’ ले उमाको न्यायका लागि सबैसँग अपिल गरेका छन् । प्रहरीले आफूलाई ‘अनुसन्धान जारी छ, हामी हेरिरहेका छौं’ भन्ने जवाफ दिएको उनले बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमाले महाधिवेशन उद्घाटनमा शीर्ष नेता गएनन्

आफ्नै प्रस्तावबाट व्याक भए ओली

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी सहसचिव भट्टराई २५ लाख धरौटीमा रिहा

खल्तीविरुद्ध जेनजीहरु खुलकुदमन्त्रीकहाँ

अस्वभाविक बरियता : अधिवक्ताभन्दा सर्वाेच्चका न्यायधीश तल,पूर्व एआइजी जेनजी मन्त्रीभन्दा पुच्छारमा

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

११२ प्रहरी कर्मचारी कारवाहीमा,बढुवा रोक्कासम्मको चेतावनी

सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

बिशेष