जर्नेलले बलात्कार गरेको भन्दै पत्रकारसङ्ग हारगुहार

चलचित्र शिकारी–१ की निर्माता उमादेवी खत्रीले नेपाली सेनाको अवकाशप्राप्त जर्नेल ईश्वरकुमार श्रेष्ठले जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले श्रेष्ठले पटक–पटक जबरजस्ती करणी गरेको आरोप लगाएकी हुन् ।

बिज्ञापन

आफूमाथि बलात्कार भएको भन्दै प्रहरीकहाँ पुगेकी उनलाई श्रेष्ठले ‘ज्यान मार्नेसम्मको धम्की’ दिएका छन् । ‘मारेर बोरामा हालेर फोहोरमा फालिदिन्छु’ लगायतका धम्की दिएको उनले बताइन् ।

बिज्ञापन

जिल्ला प्रहरी परिसर, टेकुमा जाहेरी दिएको लामो समय बितिसक्दासमेत प्रहरीले उनलाई कारबाही नगरेको पीडित खत्रीको गुनासो छ । आफूहरुबीचको सम्बन्ध १२/१४ वर्ष लामो भएपनि पछिल्लो पटक श्रेष्ठले आफूलाई गत कात्तिकको २३/२४ गते जबरजस्ती करणी गरेको उनको आरोप छ ।

पत्रकार सम्मेलनमा सामाजिक अभियन्ता युवराज पौडेल ‘सफल’ ले उमाको न्यायका लागि सबैसँग अपिल गरेका छन् । प्रहरीले आफूलाई ‘अनुसन्धान जारी छ, हामी हेरिरहेका छौं’ भन्ने जवाफ दिएको उनले बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

८७ सिडिइको सरुवा (सूचीसहित)

अब पालो सुशासनको

यूटिएलको लाइसेन्स जोगाउने पूर्वराजाका ज्वाइको सबै प्रयास बिफल

निमित्त मन्त्रालयमा तानेर पाँच महिना पछि वोर्डले खोज्यो सीइओ

सीडीओका स्वकीयसहित २ जनाको मृत्यु

१५३४ नियुक्ति एकै झड्कामा खारेज,पाँच महिनामा बल्ल ६३ ले पाए नियुक्ति

ठेक्काको डिजिटल ढोका बन्द, फर्कियो कागजी युगमा

प्रशासनका सहसचिव धमाधम बढूवा,प्राविधिकतर्फ ठप्प

बिशेष