मह जोडीले अष्ट्रेलियाबाट मागे माफी

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले माफी मागेका छन् । अदालतमा विचाराधिन मुद्धामा मुख खोलेका चर्चित हास्यकलाकारद्धय मदनकृष्ण हरिवंशले अष्ट्रेलिया पुगेर उक्त प्रकरणमा माफी मागेका हुन ।
यस अघि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउप्रति सार्वजनिक गरिएको धारणामा व्यापक आलोचना खेप्न परेपछि उनीहरुले उक्त गल्ती सच्याउँदै माफी मागेका हुन ।

बिज्ञापन

एक एफएममा दिइएको अन्तर्वार्ता विवादमा परेपछि अष्ट्रेलियामा रहेका उनीहरुले आज भिडियो सन्देश जारी गर्दै हतारमा प्रतिक्रिया दिँदा आफूहरुबाट त्रुटी भएको बताएका हुन् ।

बिज्ञापन

अस्ति हामी एउटा एफएममा बसेर अष्ट्रेलिया आउने विषयमा छलफल गरिरहेका थियौं,त्यही बेला त्योभन्दा गम्भीररूपमा अर्को अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकार साथीहरू बसेर कुराकानी गरिरहनु भएको रहेछ । मदनले भनेका एउटा मुडमा बसिरहेको बेला अपर्झट बोल्ने प्रस्ताव आयो । हामी अक्मकियौं, के बोल्ने कसो बोल्ने भनेर । अपर्झट बोल्दा हामीबाट केही त्रुटि हुन गएको महसुस भएको छ ।
यस्तै,हरिवंशले पनि त्रुटी स्वीकार गर्दै दर्शकहरुलाई माफी दिन अनुरोध गरेका छन् । अदालतमा विचाराधीन मुद्धामा बोलेर गल्ती भएको उनको भनाई छ । भनेका छन्,अदालतमा विचाराधीन मुद्दाको विषयमा नबोलेको भए पनि हुन्थ्यो । हामीबाट यो त्रुटि भयो । हामीलाई आफ्नै मान्छे सम्झिएर माया गरिदिनुभएको छ । र यो पनि सबै कुरा बिर्सिएर माफी दिनहुन अनुरोध गर्छौं ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कुमारी बैंकका अध्यक्ष र माननीय विदूषीविरुद्ध अंश मुद्धा दायर

२५ उपसचिवको सरुवा : १३ लाई प्रमुख प्रशासकीय अधिकृत,पाँच भित्रिए सिंहदरबार

२५ उपसचिवको सरुवा, अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

सचिव बढुवाका लागि सहसचिव कुँवरको एकल नाम सिफारिस

जासुसको सर्टिफिकेट नै नक्कली,अख्तियारले हाल्यो मुद्धा

प्रशासनिक संयन्त्रप्रति मन्त्रीको आक्रोश : ‘कर्मचारीले मलाई टेरेनन्, केही गर्न सकिन’

जेनजी सहिदको शालिक अनावरण स्थगित, फर्किए मन्त्रीहरु

लहडी निर्णय, लामो लफडा

बिशेष