बझाङमा कांग्रेस–एमाले,माओवादीलाई समाजवादीको चुनौती

 

बिज्ञापन

यही वैशाख १५ मा बझाङ १ (१) प्रदेशसभाको उपनिर्वाचन हुँदै छ । प्रदेश सांसदको उपनिर्वाचनमा दलहरूले प्रचारप्रसार तीव्र बनाएका छन् । मुख्य दलहरूले केन्द्रीय नेता खटाएर आफ्ना उम्मेदवारको पक्षमा प्रचारप्रसार तीव्र पारेका छन् ।

बिज्ञापन

कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गत असारमा सवारी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । कांग्रेसले सिंहका छोरा अभिषेकबहादुरलाई उम्मेदवार बनाएको छ ।
उनलाई जिताउन पूर्वमन्त्री एनपी साउद, केन्द्रीय सदस्य रणबहादुर रावललगायत कांग्रेस नेताहरू घरदैलो र भेटघाटमा व्यस्त छन् । यो निर्वाचन क्षेत्रमा लामो समयदेखि पकड रहेको एमाले २०७९ को निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनसँग पराजित भएको थियो ।

जिल्ला अध्यक्ष दमन भण्डारी सो क्षेत्रमा एमोबाट उम्मेदवार बनेका छन् । उनी हारको बदला लिने दाउमा छन् । अहिले एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्र रावल, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीलगायत नेताहरू बझाङ पुगेमा छन् । सो क्षेत्र पहिलादेखि नै एमालेको पकड भएको क्षेत्र पनि भएकाले एमाले जित्नमा विश्वस्त रहेको एमाले नेता बताउँछन् ।

बिज्ञापन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट दिलबहादुर सिंह उम्मेदवार छन् । उनी तत्कालिन एमालेका संस्थापक सदस्य तथा जिल्ला अध्यक्ष भइसकेको थिए । मुख्य प्रतिस्पर्धी ठानिएका कांग्रेस, एमालेलाई माओवादी र एकीकृत समाजवादीले मत काट्ने चिन्ता छ । पार्टी विभाजनअघि जिल्लामा एमालेको नेतृत्व गरेका सिंहलाई एमालेबाट धेरै मत आउने अनुमान छ । कांग्रेसका उम्मेदवार अभिषेक सिंहकै वडावासी रहेको र त्यहाँ राम्रो पकड भएकाले सिंहलाई कांग्रेस समर्थकहरूबाट पनि मत आउने समाजवादीका नेताहरुको दाबी छ ।

माओवादीका मतदाताले गठबन्धन भएका कारण २०७४ मा एमाले र २०७८ मा कांग्रेसलाई मतदान गरेका थिए । माओवादीबाट उम्मेदवार जनक बुढा छन् । उनी संविधानसभा सदस्य पनि भइसकेका थिए । एमाले र माओवादीका उम्मेदवार पनि एउटै पालिकाका भएका कारण मत बाँडिन सक्ने सम्भावना रहेको देखिएको छ । एमालेका भण्डारी र माओवादीका बुढा दुवै छविसपाथीभेरा गाउँपालिकाका बासिन्दा हुन् ।

२०७९ को निर्वाचनमा आफ्नै दलबाट अन्तर्घात भएको कांग्रेस, एमालेका नेता कार्यकर्ताहरूले सार्वजनिक रूपमा बताउँदै आएका छन् । गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धन गरेर चुनाव लडेका थिए । गठबन्धनका तर्फबाट उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।