बरण्डाका सहसचिवलाई साता दिनको ‘टास्क’

सरकारले बरण्डामा रहेका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको हिंसात्मक घटनाको छानबिन गर्न गृह मन्त्रालयको बरन्डा शाखामा कार्यरत सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हो । उद्योग मन्त्रालयवाट वन हुँदै गृहको जगेडामा पुगेका थापा बनको कर्मचारी प्रशासन महाशाखा प्रमुख हुँदा सेवाबाट हटाउनु पर्ने कर्मचारीलाई जोगाएको आरोप खेपिरहेका कर्मचारी हुन । यस अघि वनमन्त्री माधव चौलागाई हुँदा उनी वनमा इन्ट्री भएका हुन । यस अघि जुम्ला सहित डोल्पा र सोलुखुम्वुमा समेत प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी निर्वाह गरिसकेका उनी केही समयदेखि गृहको अतिरिक्त समूहमा थन्काइएका थिए । उनै थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको हो ।

बिज्ञापन

गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि गठन गरिएको समितिमा नेपाल प्रहरीका एसपी विपिन रेग्मी, सशस्त्र प्रहरी बलका एसपी विक्रम हुमागाईं, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव शालिग्राम भण्डारी तथा जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्य–सचिव रहेका छन्।

बिज्ञापन

समितिलाई घटनाको विस्तृत छानबिन गरी एक साताभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ। प्रतिवेदनमा घटनाको वास्तविक कारण, सुरक्षाको अवस्थाको मूल्यांकन तथा यस्ता घटना भविष्यमा दोहोरिन नदिन अपनाउनुपर्ने कानुनी, प्रशासनिक र सुरक्षा सम्बन्धी उपायहरू समेत समावेश गर्नुपर्ने कार्यादेश दिइएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बरण्डाका सहसचिवलाई साता दिनको ‘टास्क’

बासुदेव गृह तानिए,ईश्वरी राती नै हाजिर भए

चिकित्सकमाथि आक्रमणपछि सरकारको कडा सन्देश : उपचार सेवा नरोकिने, दोषीमाथि कानुनी कारबाही अघि बढ्यो

निजामती प्रशासनको मूल्य संकट : सुशासनको आधार कि असफल राज्यको संकेत?

बिदा सकिए पनि काममा नफर्कने सात इन्जिनियरलाई बर्खास्त गर्ने मन्त्रालयको तयारी

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

१५ उपसचिवहरुको सरुवा

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको संगठन संरचना स्वीकृत, दरबन्दी दर्ता गर्ने दोस्रो मन्त्रालय बन्यो

बिशेष