बासुदेव गृह तानिए,ईश्वरी राती नै हाजिर भए

सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटना पछि गृह मन्त्रालयले त्यहाँका सुनसरीका सीडीओ बासुदेव घिमिरेलाई फिर्ता बोलाएर त्यहाँ संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई पठाइएको छ।
सुनसरीको देवानगञ्ज गाउँपालिका ३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबिच झडप हुँदा सुरक्षाकर्मीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको थियो। सो प्रकरणमा प्रहरी तथा प्रशासनले देवानगञ्जले स्थिति सामान्य बनाउन आवश्यक प्रयास नगरेको, विवाद झडपमा परिणत भएपछि मात्रै नेपाल प्रहरी र सशस्त्र प्रहरी हतियारसहित पुगेका र त्यसक्रममा अन्धाधुन्ध गोली चलाइएको बिषयमा सुरक्षा र कर्मचारी संयन्त्रलाई गृह प्रशासनले फिर्ता बोलाएको हो । घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएकै समयमा गृहले त्यहाँका प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाएर अर्याललाई खटाएको हो । यसरी गृहमा तानिएका बासुदेव घिमिरे ६० साले लेखा अधिकृत हुन । लेखाबाट प्रशासनतिर फड्को हानेका उनी एमाले,काँग्रेस,माओवादी,रास्वपाको सरकारमा सदैव आकर्षक मानिएका जिल्लाको सिडियो चलाइरहने कर्मचारीभित्र पर्दछन् । घिमिरे कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई मनाएर रुपन्देही पुगेका थिए । यस्तै यस अघि कास्कीको प्रमुख जिल्ला अधिकारी चलाइसकेका उनी  अध्यागमन कार्यालयमा समेत नेतृत्व तहमा बसेर काम गरिसकेका कर्मचारी हुन । गृहले सो स्थानमा संखुवासभाको प्रमुख जिल्ला अधिकारी ईश्वर अर्याललाई खटाएको छ । अर्यालले सोमबार राति करिब १० बजे जिल्ला प्रशासन कार्यालय पुगेर जिम्मेवारी सम्हालेका हुन्।

बिज्ञापन

सो घटनापछि कोशी प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाएर उनको स्थानमा डीआईजी शेखर खनाललाई पठाइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेबेको पनि सरुवा गरिएको छ। थेवेलाई त्यहाँबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा हुँदा सुनसरीमा एसपी पुष्पराज मल्ललाई पठाइएको छ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बासुदेव गृह तानिए,ईश्वरी राती नै हाजिर भए

चिकित्सकमाथि आक्रमणपछि सरकारको कडा सन्देश : उपचार सेवा नरोकिने, दोषीमाथि कानुनी कारबाही अघि बढ्यो

निजामती प्रशासनको मूल्य संकट : सुशासनको आधार कि असफल राज्यको संकेत?

बिदा सकिए पनि काममा नफर्कने सात इन्जिनियरलाई बर्खास्त गर्ने मन्त्रालयको तयारी

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

१५ उपसचिवहरुको सरुवा

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको संगठन संरचना स्वीकृत, दरबन्दी दर्ता गर्ने दोस्रो मन्त्रालय बन्यो

बोलबम घटनापछि सुनसरीका सीडीओ बासुदेव घिमिरे र प्रहरी प्रमुख हटाइने तयारी

बिशेष