विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको संगठन संरचना स्वीकृत, दरबन्दी दर्ता गर्ने दोस्रो मन्त्रालय बन्यो

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले आफ्नो नयाँ संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्दै औपचारिक दर्ताका लागि राष्ट्रिय किताबखानामा पठाएको छ। यससँगै संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गरी दर्ता गर्ने दोस्रो मन्त्रालयका रूपमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापित भएको छ।

बिज्ञापन

राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार मन्त्रालयबाट पठाइएको संगठन संरचना तथा दरबन्दी तेरिज आजै प्राप्त भएको र ‘द्रुत प्रक्रिया’ (फास्ट ट्र्याक) मार्फत सोही दिन दर्ता सम्पन्न गरिएको छ। उनले संगठन तथा व्यवस्थापनसम्बन्धी कार्यलाई छिटो, प्रभावकारी र व्यवस्थित बनाउन राष्ट्रिय किताबखानाले विशेष तालिमप्राप्त जनशक्तिसहितको ‘विशेष कार्यदल’ गठन गरी द्रुत सेवा सञ्चालन गरिरहेको जानकारी दिए।
मन्त्री महावीर पुनको नेतृत्वमा रहेको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको स्वीकृत संगठन संरचनाअनुसार मन्त्रालयमा विशिष्ट श्रेणीको एक सचिव रहने व्यवस्था गरिएको छ। त्यसैगरी दुई जना इन्जिनियरिङ सेवाका सहसचिव र एक जना प्रशासन सेवाका सहसचिवसहित तीन जना सहसचिव रहने गरी कुल ९० वटा दरबन्दी कायम गरिएको छ।

बिज्ञापन

सरकारले मन्त्रालय तथा निकायहरूको संगठन संरचना र दरबन्दी व्यवस्थापनलाई समयानुकूल बनाउने अभियान सञ्चालन गरिरहेका बेला विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संगठन संरचना स्वीकृत गरी दर्ता प्रक्रिया सम्पन्न गरेको हो। राष्ट्रिय किताबखानाले द्रुत प्रक्रियामार्फत सेवा प्रवाह गर्दै संगठन संरचना र दरबन्दी अभिलेखीकरणको कार्यलाई तीव्रता दिएको जनाएको छ।

यसअघि एक मन्त्रालयले संगठन संरचना तथा दरबन्दी तेरिज दर्ता गरिसकेको थियो भने विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय दोस्रो मन्त्रालयका रूपमा यो प्रक्रियामा सहभागी भएको हो। मन्त्रालयको नयाँ संरचना कार्यान्वयनमा आएपछि प्रशासनिक व्यवस्थापन, जनशक्ति परिचालन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको संगठन संरचना स्वीकृत, दरबन्दी दर्ता गर्ने दोस्रो मन्त्रालय बन्यो

बोलबम घटनापछि सुनसरीका सीडीओ बासुदेव घिमिरे र प्रहरी प्रमुख हटाइने तयारी

नेपाल एसबीआई बैंकभित्र समस्या नै समस्या

कोदारी राजमार्गमा दुई मन्त्रीको जम्बो निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चित

हुलाकी सडकको एउटा सानो पुल, जसले जोड्यो दुई किनारा मात्र होइन, स्थानीयको वर्षौंदेखिको प्रतीक्षा

नयाँ संगठन तथा पद दर्ता प्रक्रिया सुरु: राष्ट्रिय कितावखानाले द्रुत प्रक्रियाबाट गर्‍यो २८३ पद दर्ता

खरिदार अधिकारी : असार महिनाको उत्कृष्ट कर्मचारी

‘करिअर डिप्लोम्याट’हरुको समयावधि अनिश्चितकालका लागि थप

बिशेष