दुई अधिकृतलाई सरकारी सेवाबाटै बर्खास्त गर्ने तयारी

भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २ जना अधिकृतस्तरका कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने गृहकार्य अगाडि बढाएको छ । मन्त्रालयले यस अघि नै डिभि पिआर लिएर विदेशमा बसिरहेको पाइएका चार जना अधिकृतलाई स्पष्टीकरण सोधिएकोमा दुई जनाले जबाफ पठाएको र चित्त बुझ्दो जबाफ नपठाएका दुई अधिकृतहरुलाई सेवाबाट बर्खास्त गर्ने प्रक्रिया अगाडि बढाइएको हो । मन्त्रालयका अनुसार, विदेशी मुलुकको आवासीय अनुमति लिएर बसेका नापीका २ अधिकृतहरुलाई सरकारी सेवाबाट बर्खास्त गर्न लागिएको हो ।

बिज्ञापन

पढ्न भनेर विदेश गएका नापी अधिकृतहरू निमिषा वाग्ले र रमेशकुमार पोखरेलहरुले उतैको आवासीय अनुमति लिएर बसेका मन्त्रालयको दावी छ । वाग्लेसँग स्थायी आवासीय अनुमतिपत्र (पिआर) नापी अधिकृत पोखरेलसँग अमेरिकाको डिभी परेर पलायन भएको पाइएको भन्दै मन्त्रालयले यस अघि गत असार १७ मा चार जना कर्मचारीहरुसँग स्पष्टीकरण माग गरिएको थियो । तर तीमध्ये बाग्ले र पोखरेलले कुनै जबाफ पेश नगरेको पाइएपछि मन्त्रालयले निमिषा वाग्ले र रमेश पोखरेललाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी सेवाबाट हटाइने गृहकार्य अगाडि बढेको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राष्ट्रिय कितावखानाको दायरा विस्तार, प्रहरी र शिक्षक कितावखाना एकीकृत

गज्जबको मेरिटोक्रेसी : बढी अंक ल्याउने फालिए,कम अंक ल्याउनेले नियुक्ति पाए

दुई अधिकृतलाई सरकारी सेवाबाटै बर्खास्त गर्ने तयारी

विकास निर्माणसम्बन्धी मुद्धा हेर्ने छुट्टै पूर्वाधार न्यायाधिकरण

सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी प्रतिवद्ध छ: महानिरीक्षक पौडेल

स्रोत नखुलेको साढे ६ लाखसहित पक्राउ परे उपसचिव

लेखा अधिकृत ३० हजार घुससहित रंगेहात पक्राउ

भाञ्जा र सालोलाई नियुक्ति दिनेहरु भरङ्ग

बिशेष