अष्ट्रेलियामा सेकुवा बेच्दै आएका तर ललितपुरस्थित पशु सेवा विभागमा हाजिरी गरेर तलब भत्ता खाँदै आएका एक उपसचिव सरकारी सेवाबाट हटाइएका छन् । विभागका वरिष्ठ पशु चिकित्सक डा नवीन उपाध्याय घिमिरे अष्ट्रेलियामा बसेर सेकुवा कर्नर सञ्चालन गर्दै आएका थिए ।
बिज्ञापन
अघिल्लो बर्षको चैतदेखि करिब ८ महिना अष्ट्रेलियामा बसेका उपसचिव घिमिरे नेपालमै उपस्थित भएको झैँ हाजिरी लगारहेका थिए । साउन ११ देखि भदौ १ गतेसम्म घर तथा बिरामी बिदा स्वीकृत । भदौ २ देखि मंसिर २२ सम्म कुनै बिदा स्वीकृत समेत थिएन । यस अवधिमा उनी लगातार ११० दिन गैरहाजिरीमा छन् । निजामती सेवा ऐन अनुसार ९० दिनभन्दा बढी गैरहाजिरी भए कारवाही र निलम्बनको प्रक्रिया अगाडि बढाउनुपर्ने उल्लेख छ । तत्कालीन महानिर्देशक डा रामनन्दन तिवारीकै संरक्षणमा हाजिरी मिलाउने खेलोमेलो चलिरहेको बिषयमा गत बर्ष नै कर्मचारी प्रेसमा समाचार प्रकाशन गरेको थियो । ती उपसचिवलाई जागिरबाट जोगाउन असार २९ देखि ९ साउन ०८२ सम्म हाजिरी लगाइएको हाजिरी नै सार्वजनिक गरिएको थियो ।
बिज्ञापन
उनै घिमिरेलाई बल्ल सरकारी सेवाबाट बर्खास्त गरिएको हो । कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु घिमिरे विरुद्ध विभागीय कारबाही प्रक्रिया टुङ्ग्याउँदै निजामती सेवाबाट हटाउने निर्णय गरेको छ। मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम विभागीय सजाय सम्बन्धी प्रक्रिया पूरा गरी यसअघि लोक सेवा आयोगको परामर्श मागिएको थियो।
आयोगबाट प्राप्त परामर्शका आधारमा निजामती सेवा ऐन, २०४९ को दफा ५९ को खण्ड (ख) बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय लागू गर्ने निर्णय गरिएको हो।
बिज्ञापन
अष्ट्रेलिया पुगेका उपसचिवको नेपालमा हाजिर,को- को जाकिन्छन् कीर्तेमा ?


























