मन्त्रीलाई सरकारी क्वाटरमा बस्ने सल्लाह दिँदा सहसचिवको सरुवा

कर्मचारी सरुवा नियमित प्रक्रिया हो तर कहिलेकाहीँ कर्मचारीहरुको सरुवा हुन्छ मन्त्रीसँग कुरा नमिल्दा ।

बिज्ञापन

यस्तै नवनियुक्त शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले मन्त्रालयको एक सहसचिवलाई आफूलाई अनावश्यक सल्लाह दिएको भन्दै मन्त्रालयबाट सरुवा गरेकी छिन् ।ती सहसचिव कुनै भ्रष्टाचार,अनियमितता गरेका कारण सरुवामा परेका होइनन् । उनको एउटै अपराध थियो,मन्त्रीलाई सल्लाह दिनु । मन्त्री भएकै दुई दिन पछि नै सुमनाले सहसचिव शिवकुमार सापकोटालाई मन्त्रालयबाट सरुवा गरेकी थिइन ।

बिज्ञापन

सुमनाले शिक्षा सेवाका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटालाई शिक्षक सेवा आयोगको प्रशासकीय प्रमुखमा र आयोगमा उक्त भूमिकामा रहेका डा. कमल पोखरेललाई मन्त्रालयमा सरुवा गरिन। मन्त्रालयको प्रवक्ताको जिम्मेवारी निर्वाह गरिरहेका सहसचिव सापकोटालाई सरुवा गर्नुपर्ने एउटै कारण थियो,उनले दिएको सल्लाह मन्त्रीलाई चित्त नबुझ्नु ।

सापकोटा सरुवा हुनुको एउटै कारण उनले मन्त्री श्रेष्ठलाई क्वाटरमा बस्न सुझाव दिएका थिए । यो सहसचिवको मात्र नभएर मन्त्रालयको कर्मचारीको आवाज थियो तर मन्त्री श्रेष्ठलाई उक्त सुझाव मन परेन । मन्त्री श्रेष्ठ पुल्चोकस्थित क्वाटरमा नगइ आफ्नै निवासमा बस्दै आएकी थिइन । सहसचिव सापकोटाले मन्त्रीलाई सरकारी निवासमै सर्न सुझाव दिँदा गालीमात्र गरिनन् कि भोलिपल्टै सापकोटाको सरुवा गरेर नयाँ प्रवक्ता ल्याएकी छिन् ।  उनले कर्मचारीको काम सल्लाह दिने नभई निर्देशन पालना गर्ने हो भन्दै हकारेको मन्त्रालयका कर्मचारीहरुले बताएका छन् । सोही पछि सहसचिव सापकोटाको ठाँउमा डा. कमल पोखरेललाई ल्याइएको छ ।

बिज्ञापन

मन्त्री श्रेष्ठले पुल्चोकस्थित क्वाटरको ए थ्री ब्लकको चाबी बुझेकी छिन् । तर, उनी त्यहाँ बसेकी छैनन् । क्वाटरमा आउने जाने मात्रै गर्दै आएकी छिन् । मन्त्री श्रेष्ठ आजदेखि क्वार्टरमा सर्ने तयारीमा छिन् । उनी त्यहाँ बस्ने गरी सर्ने लागेपछि हिजोमात्र उक्त व्लक थप सरसफाई गरिएको थियो ।

यता केही दिन अघिमात्र मन्त्रालयको ओएण्डएम फाइल बोकेर मन्त्रीको कार्यकक्षमा पुगेका अर्का सहसचिवसँग रिसाँउदै उक्त फाइलै ती सहसचिवपट्टी फँयाकेको मन्त्रालयका एक सहसचिवले कर्मचारी प्रेसलाई बताए । यसरी मन्त्रीले फाइल फ्याक्दा उक्त फाइलले सहसचिवको मुखमा लागेको थियो । नयाँ,युवा र एकदमै आशा गरिएको मन्त्री सुमनाको यी र यस्ता व्यवहारका कारण कर्मचारीहरु त्रस्त छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

२५ दफामा छलफल सकिँदा उल्टिए तीन प्रावधान,१२२ दफा चार दिनभित्रै सकाउनुपर्ने दवावमा समिति

सरकारी सुविधामा विदेश पढ्न गएका प्राविधिकहरु फरार,छैन भगौडा कर्मचारीको विवरण

अतिरिक्त सचिवको व्यवस्था हट्यो,अरु कुन- कुन प्रावधान उल्टियो ?

कर्मचारी प्रेसको समाचारपछि मन्त्रालय सक्रिय, सुईहरूको जिम्मेवारी फेरबदल

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा राज्यको बलजफ्ती

९ उपसचिवको सरुवा,तीन कार्यालय प्रमुख हेरफेर

कालापानीमा बल्झिएको नेपालको घाऊ

अख्तियारमा मुद्दा खेपिरहेका उपसचिव उमेश ललितपुर फर्कने चलखेल

बिशेष