रसुवा जिल्लाका ३४८ कर्मचारी निर्वाचनमा खटिने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा कर्मचारी परिचालनको तयारी पूरा भएको छ। मतदान कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन जिल्लाभरका मतदान केन्द्रमा कुल ३४८ जना कर्मचारी खटाइने भएका छन्।

बिज्ञापन

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदाताको सङ्ख्याका आधारमा आवश्यक कर्मचारीको रोस्टर तयार पारिसकिएको छ। निर्वाचनका लागि कर्मचारी व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जिल्लाभरका सबै मतदान स्थल र मतदान केन्द्रमा आवश्यक जनशक्ति सुनिश्चित गरिएको जानकारी दिए।

बिज्ञापन

निर्वाचन व्यवस्थापनअन्तर्गत ५९ जना मतदान अधिकृत, ५९ जना सहायक मतदान अधिकृत, १७१ जना सहायक कर्मचारी र ५९ जना सहयोगी कर्मचारी खटाइनेछन्। प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी रहने व्यवस्था मिलाइएको छ।

जिल्ला निर्वाचन अधिकारी राजन रायका अनुसार यसपटक २१ हजार १४१ महिला सहित कुल ४१ हजार ४७१ मतदाताले मतदान गर्नेछन्। मतदाताका लागि ३६ मतदान स्थलमा ५७ मतदान केन्द्र कायम गरिएको छ। पाँच गाउँपालिकामध्ये उत्तरगया गाउँपालिकामा ११, कालिका गाउँपालिकामा १२, नौकुण्ड गाउँपालिकामा १५ र गोसाइँकुण्ड गाउँपालिकामा १० मतदान केन्द्र रहनेछन्।

बिज्ञापन

अघिल्लो निर्वाचनमा ४० हजार ५०० मतदाताका लागि ५२ मतदान केन्द्र कायम गरिएको थियो। यसपटक मतदाता नामावली अद्यावधिक भई नयाँ मतदाता थपिएसँगै मतदान केन्द्रको सङ्ख्या वृद्धि गरिएको हो।

निर्धारित ५७ मतदान केन्द्रमध्ये १४ सामान्य, ३८ संवेदनशील र ५ अतिसंवेदनशील केन्द्रका रूपमा वर्गीकरण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा तथा प्रशासनिक तयारीसमेत अघि बढाइएको छ।

ज्वाई उमेद्धार,ससुरा मतदान अधिकृत

निर्वाचन आयोगको निर्णय च्यातेर रसुवामा ट्रेड युनियन पदाधिकारी नै मतदान अधिकृत !

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निर्वाचन कार्यालयको दोस्रो अपडेटले पनि ‘हावा खायो’ : मतदानमा खटाइएका दर्जन कर्मचारी ट्रेड युनियनकर्मी

फर्जी कर्मचारी खटाएर कसरी हुन्छ स्वच्छ निर्वाचन ?

रसुवा जिल्लाका ३४८ कर्मचारी निर्वाचनमा खटिने

चुनाव सम्पन्न भए पछि मन्त्री अमेरिका जाने,अवकाश अघि सचिव विदेश घुमेर फर्कने

निर्वाचनमा खटिएका कर्मचारीलाई घरबाटै खाना खाएर आउन निर्वाचन कार्यालयको सूचना

६ सचिवको विदेश भ्रमण स्वीकृत,दुई सहसचिवको पदस्थापन : यस्ता छन् क्याविनेटका २५ निर्णय

प्रतिनिधि सभाका उमेद्धारसँगै छैन राष्ट्रिय परिचयपत्र,६० प्रतिशतले खोलेनन् बैंक खाता

०८३ सालमा हुने सार्वजनिक बिदा निर्धारण,पञ्चांगमा एकै बर्ष थपिँदैछन् २५ चाडपर्व

बिशेष