सर्बिकाका तीन मुक्तक


केही कुरा सोध्नु थियो, रिसाउँछौ कि कतै
फूलमा काँडा अनायसै, मिसाउँछौ कि कतै
आफ्नै मनले धेरै थरी, कुराहरू खेलाउँदै
त्यो बोझिलो तन-मन फेरि, बिसाउँछौ कि कतै।

भिडमा पनि हिजो एक्लै देखेँ तिमीलाई
दुई नयनका आँसुले छेकेँ तिमीलाई
हिजो भन्दा आज तिमी बदलिएको पाएँ
तर पनि अन्तिम चिठी लेखेँ तिमीलाई।

रिसाउँदा फकाउने बात तिनै हुन्
मन जल्दा मलम दिने साथ तिनै हुन्
त्यसैले त तिम्रै याद आउँछ कति कति
रुँदा आँसु पुछिदिने हात तिनै हुन्

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

चूडामणि शर्मा सहित तीन जनाविरुद्धको मुद्दा पुनः विशेष अदालतमा

‘लोकसेवा गुरु’को भ्रष्टाचार मुद्धामा सर्वाेच्चले औल्यायो कैफियत : विशेषमा आज सुनुवाई हुँदै

जनताको दुःख र चुनावी नैतिकता     

लाइसेन्समा छानिँदा छताछुल्ल : मेडिकल कलेजले उत्पादन गरेका १० मध्ये ६ ‘अयोग्य’

सर्बिकाका तीन मुक्तक

भ्रष्टचारबाट आर्जित सम्पत्तिमा प्रशासककै रजाई,जफत गर्न जेनजी सरकार असफल

छानीछानी मुद्दा मिलाउँदै मालपानी

बिशेष