सर्बिकाका तीन मुक्तक


केही कुरा सोध्नु थियो, रिसाउँछौ कि कतै
फूलमा काँडा अनायसै, मिसाउँछौ कि कतै
आफ्नै मनले धेरै थरी, कुराहरू खेलाउँदै
त्यो बोझिलो तन-मन फेरि, बिसाउँछौ कि कतै।

भिडमा पनि हिजो एक्लै देखेँ तिमीलाई
दुई नयनका आँसुले छेकेँ तिमीलाई
हिजो भन्दा आज तिमी बदलिएको पाएँ
तर पनि अन्तिम चिठी लेखेँ तिमीलाई।

रिसाउँदा फकाउने बात तिनै हुन्
मन जल्दा मलम दिने साथ तिनै हुन्
त्यसैले त तिम्रै याद आउँछ कति कति
रुँदा आँसु पुछिदिने हात तिनै हुन्

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

उता सरकारले लखेट्यो,यताबाट बाढीले

मालपोतका प्रमुखसहित २७ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

६ उपसचिव,४ शाखा अधिकृतसहित ३९ कर्मचारीको सरुवा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूलाई खुला पत्र

कर्मचारीमा त्रास : १९ कार्यदिनमा २०८ ले दिए राजीनामा

इन्जिनियरिङसँगै संगीतमा पनि अर्जुन नेपालीको पाइला, ‘ज्यान सुकाउँछ चिन्ताले’ सार्वजनिक

सेवाग्राहीको मूल्याङ्कनबाट सेवा सुधारको नयाँ अभ्यास, रसुवा प्रशासनको ‘सन्तुष्टि पुस्तिका’ देशमै पहिलो प्रयास

बिशेष