मुख्य सचिवले प्रमाणीकरण नगरेपछि दुइ सचिव सरुवाको निर्णय कार्यन्वयन नहुने भएको छ ।
बिज्ञापन
गत पुस २८ मा मन्त्रिपरिषद्को बैठकले दुई सचिवहरूको कार्यक्षेत्रमा हेरफेर गर्दै नयाँ जिम्मेवारी तोकेको थियो । सो बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवहरूको जिम्मेवारी हेरफेर गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत सचिव केशव कुमार शर्मालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुर्याइएको थियो भने उनलाई त्यहाँ शिक्षा मन्त्रालय अन्तर्गत विज्ञान तथा प्रविधि सचिवको जिम्मेवारी तोकिएको थियो । यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा विज्ञान तथा प्रविधि सचिवको रूपमा कार्यरत विश्वबाबु पुडासैनीलाई भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइएको थियो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मुख्यसचिव सुमनराज अर्यालले त्यससम्बन्धी निर्णय प्रमाणीकरण रोकिदिएका हुन् । केही जेनजीहरुको दवावमा सो सरुवा निर्णय रोकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
केशव शर्मा विडारी अबको दुई महिना पछाडि नै अनिवार्य अवकाशमा जाँदैछन् । अवकाशको मुखमा रहेका कर्मचारीको सरुवा गरिँदा गलत सन्देश जाने भन्दै उनको सरुवाको निर्णय मुख्य सचिवले प्रमाणीकर नगरिँदा क्याविनेटको निर्णय कार्यन्वयनमा नगएको हो । यस पछि बसेको क्याविनेटले सञ्चार सचिव राधिका अर्याल र महिला सचिव लक्ष्मी बस्नेतको जिम्मेवारी हेरफेर गरेको थियो ।


























