मुख्य सचिवले रोके सचिव सरुवाको निर्णय

मुख्य सचिवले प्रमाणीकरण नगरेपछि दुइ सचिव सरुवाको निर्णय कार्यन्वयन नहुने भएको छ ।

बिज्ञापन

गत पुस २८ मा मन्त्रिपरिषद्को बैठकले दुई सचिवहरूको कार्यक्षेत्रमा हेरफेर गर्दै नयाँ जिम्मेवारी तोकेको थियो । सो बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवहरूको जिम्मेवारी हेरफेर गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत सचिव केशव कुमार शर्मालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुर्याइएको थियो भने उनलाई त्यहाँ शिक्षा मन्त्रालय अन्तर्गत विज्ञान तथा प्रविधि सचिवको जिम्मेवारी तोकिएको थियो । यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा विज्ञान तथा प्रविधि सचिवको रूपमा कार्यरत विश्वबाबु पुडासैनीलाई भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइएको थियो ।

बिज्ञापन

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मुख्यसचिव सुमनराज अर्यालले त्यससम्बन्धी निर्णय प्रमाणीकरण रोकिदिएका हुन् । केही जेनजीहरुको दवावमा सो सरुवा निर्णय रोकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

केशव शर्मा विडारी अबको दुई महिना पछाडि नै अनिवार्य अवकाशमा जाँदैछन् । अवकाशको मुखमा रहेका कर्मचारीको सरुवा गरिँदा गलत सन्देश जाने भन्दै उनको सरुवाको निर्णय मुख्य सचिवले प्रमाणीकर नगरिँदा क्याविनेटको निर्णय कार्यन्वयनमा नगएको हो । यस पछि बसेको क्याविनेटले सञ्चार सचिव राधिका अर्याल र महिला सचिव लक्ष्मी बस्नेतको जिम्मेवारी हेरफेर गरेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विपत्तिको बेला काम गर्न नसकेको आरोप, रसुवाका सीडीओ नरेन्द्र परियार दुई महिना नपुग्दै तानिए

उत्कृष्ट प्रहरीको पुरस्कार थापेका तीन पक्राउ,एक दोषी ठहर

सिडियोलाई गृहको परिपत्र: ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

भोटेकोशी बाढी : ७१ कर्मचारी ६८ सुरक्षाकर्मी वेपत्ता

विद्युतका ४७ कर्मचारी वेपत्ता

“जलवायु अनुकूलता र स्थानीय शासन: समुदायमै आधारित समाधान”

विपत्तिमा चार वाणिज्य बैंक वेपत्ता

पहिलो ‘पोस्टिङ’मा टिमुरे पुगेका आयुष बिलाए बाढीमा

बिशेष