मुख्य सचिवले रोके सचिव सरुवाको निर्णय

मुख्य सचिवले प्रमाणीकरण नगरेपछि दुइ सचिव सरुवाको निर्णय कार्यन्वयन नहुने भएको छ ।

बिज्ञापन

गत पुस २८ मा मन्त्रिपरिषद्को बैठकले दुई सचिवहरूको कार्यक्षेत्रमा हेरफेर गर्दै नयाँ जिम्मेवारी तोकेको थियो । सो बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवहरूको जिम्मेवारी हेरफेर गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत सचिव केशव कुमार शर्मालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुर्याइएको थियो भने उनलाई त्यहाँ शिक्षा मन्त्रालय अन्तर्गत विज्ञान तथा प्रविधि सचिवको जिम्मेवारी तोकिएको थियो । यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा विज्ञान तथा प्रविधि सचिवको रूपमा कार्यरत विश्वबाबु पुडासैनीलाई भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइएको थियो ।

बिज्ञापन

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मुख्यसचिव सुमनराज अर्यालले त्यससम्बन्धी निर्णय प्रमाणीकरण रोकिदिएका हुन् । केही जेनजीहरुको दवावमा सो सरुवा निर्णय रोकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

केशव शर्मा विडारी अबको दुई महिना पछाडि नै अनिवार्य अवकाशमा जाँदैछन् । अवकाशको मुखमा रहेका कर्मचारीको सरुवा गरिँदा गलत सन्देश जाने भन्दै उनको सरुवाको निर्णय मुख्य सचिवले प्रमाणीकर नगरिँदा क्याविनेटको निर्णय कार्यन्वयनमा नगएको हो । यस पछि बसेको क्याविनेटले सञ्चार सचिव राधिका अर्याल र महिला सचिव लक्ष्मी बस्नेतको जिम्मेवारी हेरफेर गरेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मुख्य सचिवले रोके सचिव सरुवाको निर्णय

११ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

आचारसंहिता लाग्नु अघि सिंहदरबारमा मध्यरातीसम्म काम : अगाडि बढ्यो महाप्रवन्धक नियुक्ति प्रक्रिया

प्रधानमन्त्री रोजगार कार्यक्रम खारेज

खेलकुद मन्त्रीले बुझाए राजीनामा,सञ्चारमन्त्री छलफलमै

यूएईका श्रम काउन्सेलर सिंहदरबार फिर्ता,नयाँ नियुक्तिका लागि मन्त्रालयले माग्यो आवेदन

५८ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

निर्वाचन आचारसंहिता लागू : सरकारी नियुक्ति सरुवा, बढुवामा आजदेखि लगाम

बिशेष