सविता खनालको कृति ‘कायरा’ सार्वजनिक

आख्यानकार सविता खनालको कृति ‘कायरा’ को लोकार्पण तथा परिचर्चा समारोह हालै सम्पन्न भएको छ । यस कार्यक्रम धुम्बाराहीस्थित होटेल स्मार्ट दरबारमा सम्पन्न भएको थियो ।
कार्यक्रमको सभापतित्व अल्केमी प्रकाशनका घनश्याम खड्काले गर्नुभएको थियो । स्थापित बालसाहित्यकार रामदेव पाण्डे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रूपमा महाकाव्यकार डा। नवराज लम्साल रहनुभएको थियो ।

बिज्ञापन

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले कायरा उपन्यासले नेपाली साहित्यमा सिमान्तकृतका मुद्दा र मानवीय संवेदनालाई सशक्त रूपमा उठाएकोमा खुशी व्यक्त गर्नुभएको थियो । कृति विमोचनपछि बोल्दै लेखिका सविता खनालले कायरा लेख्दाको अनुभवलाई सुनाउनुभएको थियो । साथै उहाँले आजको युवा पुस्ता, विद्यार्थी, शिक्षक, अभिभावक तथा सबै पाठकले यस्ता पुस्तकहरू पढनुपर्नेमा जोड दिनुभयो । जीवनका जटिलता , अनुभूतिजन्य विषय र आत्मसंघर्षलाई प्रस्तुत गर्ने कुरामा आफू प्रेरित रहेको लेखिकाको भनाइ रहेको थियो ।

बिज्ञापन

कार्यक्रममा साझा प्रकाशनका सदस्य जयन्ता पोखरेल, राष्ट्रिय जनसाहित्य सङ्घ नेपालका महासचिव डा. कृष्ण सुवेदी (भारद्वाज मित्र) ले पनि कृतिको समिक्षात्मक परिचर्चा र कृतिकारको प्रसंशा गर्नुभएको थियो । कार्यक्रममा अन्य वक्ताका रूपमा ब्लु डाइमण्ड सोसाइटीकी अध्यक्ष युमिसा पाण्डे, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त उपस्तिथि पनि हुनुहुन्थ्यो । यस्तै कार्यक्रममा साहित्यकार, कवि, उपन्यासकार, निबन्धकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कायरा फरक विषयको उपन्यास हो । मानव मनमा लुकेका संवेदना, साहस र आत्मसंघर्षका कथाहरूलाई उजागर गर्ने उपन्यास कायराले जीवनका सूक्ष्म प्रश्नहरूसँग पाठकलाई साक्षात्कार गराउने प्रयास गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष