१४ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

कार्यक्षमता मूल्यांकनका आधारमा निजामती प्रशासन सेवामा ठूलो बढुवा सिफारिस गरिएको छ। सामान्य प्रशासन, लेखा र लेखापरीक्षण सेवाअन्तर्गत १४ जना उपसचिवलाई सहसचिव पदमा बढुवा गर्न सिफारिस गरिएको हो।

बिज्ञापन

बढुवा सिफारिस हुनेमध्ये सबैभन्दा धेरै सामान्य प्रशासन समूहका उपसचिव रहेका छन्। सो समूहबाट जनकराज भट्ट, महेन्द्रकुमार सापकोटा, रामप्रसाद वाग्ले, महेश पराजुली, टेकनारायण पौडेल, झनककुमार खत्री, शम्भुप्रसाद रेग्मी, सन्तोषकुमार दाहाल र प्रेमबहादुर दौल्याल सहसचिव पदका लागि योग्य ठहरिएका छन्।

बिज्ञापन

यस्तै, लेखा समूहबाट चन्द्रप्रसाद भुसाल, नारायणप्रसाद दाहाल र दीपक ज्ञवालीलाई पनि कार्यक्षमताकै आधारमा सहसचिवमा बढुवा सिफारिस गरिएको छ। लेखापरीक्षण सेवाबाट समेत सहसचिव पदका लागि बढुवा सिफारिस भएको आयोग स्रोतले जनाएको छ।

कार्यसम्पादन, जिम्मेवारी वहन क्षमता र सेवा योगदानका आधारमा गरिएको यस बढुवा सिफारिसले प्रशासनिक नेतृत्व तहमा अनुभव र कार्यकुशलताको प्रयोग हुने अपेक्षा गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने अधिकार प्रदेशलाई दिन सामान्यलाई पत्राचार

महिला कर्मचारीको टिम बनाउँदै महानिर्देशक

निर्वाचन आचारसंहिता स्वीकृत,माघ १ गतेदेखि कर्मचारी सरुवा गर्न बन्देज

१४ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

बिशेष