१४ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

कार्यक्षमता मूल्यांकनका आधारमा निजामती प्रशासन सेवामा ठूलो बढुवा सिफारिस गरिएको छ। सामान्य प्रशासन, लेखा र लेखापरीक्षण सेवाअन्तर्गत १४ जना उपसचिवलाई सहसचिव पदमा बढुवा गर्न सिफारिस गरिएको हो।

बिज्ञापन

बढुवा सिफारिस हुनेमध्ये सबैभन्दा धेरै सामान्य प्रशासन समूहका उपसचिव रहेका छन्। सो समूहबाट जनकराज भट्ट, महेन्द्रकुमार सापकोटा, रामप्रसाद वाग्ले, महेश पराजुली, टेकनारायण पौडेल, झनककुमार खत्री, शम्भुप्रसाद रेग्मी, सन्तोषकुमार दाहाल र प्रेमबहादुर दौल्याल सहसचिव पदका लागि योग्य ठहरिएका छन्।

बिज्ञापन

यस्तै, लेखा समूहबाट चन्द्रप्रसाद भुसाल, नारायणप्रसाद दाहाल र दीपक ज्ञवालीलाई पनि कार्यक्षमताकै आधारमा सहसचिवमा बढुवा सिफारिस गरिएको छ। लेखापरीक्षण सेवाबाट समेत सहसचिव पदका लागि बढुवा सिफारिस भएको आयोग स्रोतले जनाएको छ।

कार्यसम्पादन, जिम्मेवारी वहन क्षमता र सेवा योगदानका आधारमा गरिएको यस बढुवा सिफारिसले प्रशासनिक नेतृत्व तहमा अनुभव र कार्यकुशलताको प्रयोग हुने अपेक्षा गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

खारेज भएका पदमा पार्टीका कार्यकर्ता र पूर्व सैनिक भर्ती,रास्वपाले भुल्यो बाचापत्रको मेरिटोक्रेसी

४६ कर्मचारीलाई बरण्डामा राखेर १ करोड ८५ लाख भुक्तानी

निजामतीमा विकृती :स्वीकृत दरबन्दीभन्दा ४ हजार १६ बढी कर्मचारी पदपूर्ति

१२ दिनपछि प्रधानन्याधीश इजलाशमा,सपना बिदामा,कुमारको खोसियो बरिष्ठतम्

‘चयनमुखी’ सरुवाले कर्मचारीमा बैचनी,निमित्तको अन्त्य र सिंहदरबारका ‘रैथाने’ हटाउने अभियान ठप्प

बिशेष