नेपाल ट्रस्टको जग्गा लिजमा दिँदा ठगी गरेको आरोप खेपेका तत्कालीन सचिव अर्जुनबहादुर कार्की र सहसचिव लेखबहादुर कार्कीलाई धरौटीमा छान आदेश भएको छ ।
बिज्ञापन
काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामचन्द्र खड्काको इजलासले तत्कालीन सचिव अर्जनुबहादुर कार्कीलाई ६ लाख र पूर्व सहसचिव लेखबहादुर कार्कीसँग १० लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ ।
करिब एक महिना लामो अनुसन्धानपछि सीआईबीले नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की र थमसेर्कु डेभलपर्सका सञ्चालक सोनाम शेर्पामाथि ठगी र आपराधिक लाभको आरोपमा मुद्दा चलाउनुपर्ने राय लेखेको थियो ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले गत २ पुसमा जिल्ला सरकारी वकिलको कार्यालय, पूर्वसहसचिव लेखबहादुर, पूर्वसचिव अर्जुन, थामसेर्कु ट्रेकिङ र ल्हाक्पा सोनाम शेर्पाविरुद्ध मुद्दा दायर गरेको थियो । उनीहरूले नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९९४ रुपैयाँ ३१ पैसा दिने प्रस्ताव स्वीकार गर्न सिफारिस गरेको भए पनि एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरेको सीआईबीको अनुसन्धानमा खुलेको थियो ।
बिज्ञापन
यसरी गरेको सम्झौता नियम सङ्गत नदेखिएको र ठगी गरेको सीआईबीको अनुसन्धानको निष्कर्ष थियो ।
तर बुधबारको इजलाशले तत्कालीन सचिवलाई ६ लाख र सदस्य सचिव समेत रहेका लेखबहादुर कार्कीलाई सचिवभन्दा ४ लाख बढी धरौटीमा छाड्न आदेश दिएको हो ।

























