शाखा अधिकृत,लेखापाल,सब इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृत,लेखापाल,सब इन्जिनियरसहित पाँज जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

पालिकाको तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मो नसिम राइन, लेखापाल कमलेस कुमार साह र तत्कालीन सब–इन्जिनियर सन्तोष कुमार रजक र ओम गणेशाय कन्स्ट्रक्सन प्रा लि र उक्त कम्पनीका म्यानेजिङ डाइरेक्टर राजीवकुमार साहविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो ।
उनीहरूले आठ करोड ९८ लाख २१ हजार ४९६ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको हो ।

बिज्ञापन

बलानबिहुल गाउँपालिकाका कर्मचारीहरू समेतको मिलेमतोमा गलत बोलपत्र मूल्यांकन गरी राज्यलाई हानिनोक्सानी गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा उनीहरूले बलानबिहुल गाउँपालिकाको वडा नं ६, सेहरा स्थित जागेश्वर गरहाई जनता मा।वि।को नमुना विद्यालय भवन निर्माण कार्य गर्दा आठ करोड ९८ लाख २१ हजार ४९६ रुपैयाँ अनियमितता गरेको पाइएको अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । दायर गरिएको मुद्दामा जनही आठ करोड ९८ लाख २१ हजार ४९६ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष