शाखा अधिकृत,लेखापाल,सब इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृत,लेखापाल,सब इन्जिनियरसहित पाँज जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

पालिकाको तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मो नसिम राइन, लेखापाल कमलेस कुमार साह र तत्कालीन सब–इन्जिनियर सन्तोष कुमार रजक र ओम गणेशाय कन्स्ट्रक्सन प्रा लि र उक्त कम्पनीका म्यानेजिङ डाइरेक्टर राजीवकुमार साहविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो ।
उनीहरूले आठ करोड ९८ लाख २१ हजार ४९६ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको हो ।

बिज्ञापन

बलानबिहुल गाउँपालिकाका कर्मचारीहरू समेतको मिलेमतोमा गलत बोलपत्र मूल्यांकन गरी राज्यलाई हानिनोक्सानी गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा उनीहरूले बलानबिहुल गाउँपालिकाको वडा नं ६, सेहरा स्थित जागेश्वर गरहाई जनता मा।वि।को नमुना विद्यालय भवन निर्माण कार्य गर्दा आठ करोड ९८ लाख २१ हजार ४९६ रुपैयाँ अनियमितता गरेको पाइएको अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । दायर गरिएको मुद्दामा जनही आठ करोड ९८ लाख २१ हजार ४९६ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘लाचार’ मुख्य सचिव, पेन्डुलम सहसचिव

२८ शाखा अधिकृतको सरुवा : १६ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

१५ उपसचिवको सरुवा : २ अख्तियार पुग्दा सामान्यको बरण्डाबाट तीनलाई निकालियो

शाखा अधिकृत,लेखापाल,सब इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा

४.४ प्रतिशत कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण, ३ हजार २३० जनालाई १० हजार जरिवाना तयारी

स्थानीय प्रशासनका ‘रैथाने’भारतीको भरतपुरमा रिइन्ट्री

करार सेवाबाट पाँचौँ तहसम्म उक्लिँदा उठ्यो प्रश्न, अख्तियारको छानबिनमा

चौकीदारमाथि कारवाही र सरुवाको माग राख्दा झडप,छानबिन गर्न बन्यो समिति

बिशेष