चौकीदारमाथि कारवाही र सरुवाको माग राख्दा झडप,छानबिन गर्न बन्यो समिति

आठ जना घाइते हुने गरि नाइके र चौकीदारबीच भएको झडपको छानबिन गर्न छानबिन समिति गठन भएको छ । कञ्चनपुर कारागारमा रहेका नाइके र चौकीदारले व्यवहारमा विभेद गरेको भन्दै सुरु भएको विवाद झडपमा परिणत हुँदा आठ जना घाइते भएका थिए ।

बिज्ञापन

शुक्रबार कारागारमा रहेका कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते भएका थिए । कारागारका नाइके र चौकीदारसँग अन्य कैदीबन्दीको झडप भएको थियो । नाइके र चौकीदार छनोट प्रक्रिया पारदर्शी नभएको र कैदीबन्दीलाई गर्ने व्यवहारमा समानता नभएको बिषयमा भनाभन हुँदा झडपको स्थिति बनेको थियो ।

बिज्ञापन

प्रकाश मल्ल नेतृत्वको नाइके चौकीदारहरूविरुद्ध अन्य कैदीबन्दीहरूले सरकारले दिने दुई सिजनको कपडाको रकम दुरुपयोग गरेको, रासनमा पनि विभेद गरेको, कारागारभित्रै मदिरा, लागुऔषधजस्ता गैरकानुनी कारोबार गरेको, घरबाट आउने सामानसमेत पूरै हातमा नपुग्ने गरेको, आफूनिकटलाई मात्रै सेवा–सुविधा दिएकोजस्ता आरोप लगाएर नाराबाजी गरेका थिए। कैदीबन्दीहरूले नाराबाजी गर्दै नाइके, चौकीदारमाथि कानुनी कारबाही र सरुवाको माग गरेसँगै विवाद उत्पन्न भएको थियो ।

सो झडपमा परेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार अस्ति भएको झडपमा कैदीबन्दी किरणबहादुर सिंह, करन कुँवर, दिनेश कुँवर, राजेन्द्र सुनार, रोशन शाही, मदन गिरी, सन्दीप भण्डारी, जनक खड्का घाइते भएका थिए ।  सोही बिषयमा छानबिन गर्न प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले तीन सदस्यीय छानबिन समिति गठन गरेका छन् ।
सो समितिको संयोजक तोकिएको छ, सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीलाई । यस्तै समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहरा र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य रहेका छन् ।

बिज्ञापन

समितिलाई सात दिनको म्याद दिइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

४.४ प्रतिशत कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण, ३ हजार २३० जनालाई १० हजार जरिवाना तयारी

स्थानीय प्रशासनका ‘रैथाने’भारतीको भरतपुरमा रिइन्ट्री

करार सेवाबाट पाँचौँ तहसम्म उक्लिँदा उठ्यो प्रश्न, अख्तियारको छानबिनमा

चौकीदारमाथि कारवाही र सरुवाको माग राख्दा झडप,छानबिन गर्न बन्यो समिति

सुशीला सरकारको ‘सुशासन’ : दुई महिना नपुग्दै आधा दर्जन सहसचिव भकुण्डो

काँग्रेसी कलह : निजामती कर्मचारी युनियनपछि स्वास्थ्यकर्मी संघमा लफडा

बजेट निर्माण प्रक्रिया सुरु : समपूरक- विशेष अनुदानका लागि आयोजना प्रस्ताव गर्न आग्रह

विवादित सहसचिव आचार्यको महानिर्देशक बन्ने चलखेल, वैदेशिक रोजगार फेरि ‘सेटिङ’ को प्रयोगशाला बन्दै

बिशेष