पूर्व सचिव र सहसचिवसहित चारविरुद्ध ५अर्ब २५ करोडको मुद्दा दायर

नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणमा चार जनाविरुद्ध मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पूर्वसचिव अर्जुनबहादुर कार्की,सहसचिव तथा तत्कालीन सदस्य सचिव लेखबहादुर , थामसेर्कु ट्रेकिङ र ल्हाक्पा सोनाम शेपाविरुद्ध ठगी मुद्दा दायर गरेको हो ।

बिज्ञापन

नेपाल ट्रस्टको दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा लिजमा भएको अनियमिततामा ती चार विरुद्ध ५ अर्ब २५ करोड ६३ लाख रुपैयाँ बिगो कायम गरी जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले बुधबार जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरेको हो।

बिज्ञापन

सो मुद्धामा प्रतिवादी बनाइएकामध्ये तत्कालीन सचिव र सहसचिवलाई भने पक्राउ गरेर पेस गरिएको सिआइबीले जनाएको छ । यस प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिए राजेश बज्राचार्यले तारा एयरबाट बालकोटमा घर लिएको देखिएकाले यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुसन्धान गर्न सिआइबीले राय दिएको छ ।

लामो अनुसन्धान सकेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला सरकारी वकील कार्यालय, काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

बिज्ञापन

यो प्रकरणसँगै गोकर्ण फरेष्ट रिर्सोटमा भएको यो भन्दा पनि गम्भीर बदमासीमा समेत ठूला माछाहरु तानिने आँकलन गरिएको छ ।

गोकर्णको जग्गा लिजदेखि कर्मचारी तह बढुवासम्म विवादमा मुछिएका सहसचिव नै मन्त्रीका विश्वासपात्र

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्व सचिव र सहसचिवसहित चारविरुद्ध ५अर्ब २५ करोडको मुद्दा दायर

सिआइबीको अनुसन्धानमा तानिएकी पन्तलाई कसले भगायो ?

प्रतिनिधि सभा बिघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश

हेटौँडा अस्पतालमा ६ दिनको नवजात शिशुको मृत्यु, उपचारमा लापरबाहीको आरोप

एमाले महाधिवेशनमा क्रस भोटिङ : चार घण्टामा खस्यो ४१७ मत

लोक सेवाले माग्यो २५४ अधिकृत

लोकसेवा प्रक्रियामाथि सीधा प्रहार, कारागार विभागका डीजी–निर्देशकको सोलुखुम्बु ‘दबाब दौड’

सरकारविरुद्ध मुद्दा हाल्ने डीएफओमाथि प्रशासनिक कारबाही, निर्देशनालयमा तानियो

बिशेष