४५ जेनजी शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर,३१ वेवारिसे ठहर

गृह मन्त्रालयले गत भदौं २३ र २४ मा भएको जेनजी आन्दोलनमा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न पत्राचार गरेको छ ।

बिज्ञापन

गृह मन्त्रालयको कार्यालय व्यवस्थापन तथा जिन्सी शाखाका अधिकृत पदमबहादुर खत्रीद्धारा हस्ताक्षरित पत्रमा सबै सीडीओ कार्यालयहरुलाई सम्बोधन गर्दै तीन दिनभित्र नामावली राख्न भनिएको छ ।

बिज्ञापन

गृहले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई सर्कुलर गर्दै आन्दोलनमा मारिएका ४५ जनाको नामावली राख्न निर्देशन दिएको हो । उनीहरूलाई जेनजी सुशासन योद्धा भन्दै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा ती नामहरु ३ दिनभित्र राख्न भन्दै पत्राचार गरिएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट आइतबार मात्रै उक्त निर्णय भएको हो।

सहिद घोषणा गरिएकामध्ये ३ जना प्रहरी हुन्। सिन्धुलीका मिलन राय, कास्कीका अमृत गुरुङ र दार्चुलाका उत्तम थापा आन्दोलनकारीबाट मारिएका थिए। उनीहरुलाई अमर प्रहरीको रुपमा नाम राख्न भनिएको छ ।

बिज्ञापन

गृह मन्त्रालयले शहीद पहिचानका लागि यही हाल सुनसरीका प्रमुख जिल्ला अधिकारी बनेर गएका बासुदेव घिमिरेको संयोजकत्वमा एउटा कमिटी गठन गरेको थियो । जसमा घाइते र मृतक परिवारका प्रतिनिधि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिसमेत थिए । उक्त कमिटीले अध्ययन सकाएर गृहलाई बुझाएको प्रतिवेदनअनुसार ४५ जना मात्र शहीद घोषणा भएका हुन । तिनैको नाम जेनजी शहीदको रुपमा राख्न पत्राचार भएको हो ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनक्रममा ७६ जनाले ज्यान गुमाएका थिए। यीमध्ये १० जना कैदीबन्दी मारिएका थिए। उनीहरूलाई सहिद घोषणा गरिएको छैन। त्यस्तै भाटभटेनी सुपरमार्केटमा जलेर मृत्यु भएका १२ जना र आन्दोलनकारीबाटै मारिएका गरी ३१ जनालाई सहिद घोषणा नगरिएको हो। भाटभटेनीमा जलेका १२ जनाको भने सनाखतसमेत हुन सकेको थिएन । सहसचिव वासुदेव घिमिरे नेतृत्वको कार्यदलले दिएको रिपोर्टबमोजिम कार्तिक १७ गतेको क्याबिनेट बैठकबाट पोष्टमार्टम रिपोर्टमा ‘डेथ ड्यु टु बुलेट इञ्जुरी’ लेखिएकासहित तीन जना प्रहरी मिसाएर ४५ जनालाई शहीद घोषणा गरिएको हो । ७६ मध्ये ३१ जना बेवारिस ठहरिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बरण्डाका सहसचिवलाई साता दिनको ‘टास्क’

बासुदेव गृह तानिए,ईश्वरी राती नै हाजिर भए

चिकित्सकमाथि आक्रमणपछि सरकारको कडा सन्देश : उपचार सेवा नरोकिने, दोषीमाथि कानुनी कारबाही अघि बढ्यो

निजामती प्रशासनको मूल्य संकट : सुशासनको आधार कि असफल राज्यको संकेत?

बिदा सकिए पनि काममा नफर्कने सात इन्जिनियरलाई बर्खास्त गर्ने मन्त्रालयको तयारी

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

१५ उपसचिवहरुको सरुवा

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको संगठन संरचना स्वीकृत, दरबन्दी दर्ता गर्ने दोस्रो मन्त्रालय बन्यो

बिशेष