४५ जेनजी शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर,३१ वेवारिसे ठहर

गृह मन्त्रालयले गत भदौं २३ र २४ मा भएको जेनजी आन्दोलनमा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न पत्राचार गरेको छ ।

बिज्ञापन

गृह मन्त्रालयको कार्यालय व्यवस्थापन तथा जिन्सी शाखाका अधिकृत पदमबहादुर खत्रीद्धारा हस्ताक्षरित पत्रमा सबै सीडीओ कार्यालयहरुलाई सम्बोधन गर्दै तीन दिनभित्र नामावली राख्न भनिएको छ ।

बिज्ञापन

गृहले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई सर्कुलर गर्दै आन्दोलनमा मारिएका ४५ जनाको नामावली राख्न निर्देशन दिएको हो । उनीहरूलाई जेनजी सुशासन योद्धा भन्दै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा ती नामहरु ३ दिनभित्र राख्न भन्दै पत्राचार गरिएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट आइतबार मात्रै उक्त निर्णय भएको हो।

सहिद घोषणा गरिएकामध्ये ३ जना प्रहरी हुन्। सिन्धुलीका मिलन राय, कास्कीका अमृत गुरुङ र दार्चुलाका उत्तम थापा आन्दोलनकारीबाट मारिएका थिए। उनीहरुलाई अमर प्रहरीको रुपमा नाम राख्न भनिएको छ ।

बिज्ञापन

गृह मन्त्रालयले शहीद पहिचानका लागि यही हाल सुनसरीका प्रमुख जिल्ला अधिकारी बनेर गएका बासुदेव घिमिरेको संयोजकत्वमा एउटा कमिटी गठन गरेको थियो । जसमा घाइते र मृतक परिवारका प्रतिनिधि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिसमेत थिए । उक्त कमिटीले अध्ययन सकाएर गृहलाई बुझाएको प्रतिवेदनअनुसार ४५ जना मात्र शहीद घोषणा भएका हुन । तिनैको नाम जेनजी शहीदको रुपमा राख्न पत्राचार भएको हो ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनक्रममा ७६ जनाले ज्यान गुमाएका थिए। यीमध्ये १० जना कैदीबन्दी मारिएका थिए। उनीहरूलाई सहिद घोषणा गरिएको छैन। त्यस्तै भाटभटेनी सुपरमार्केटमा जलेर मृत्यु भएका १२ जना र आन्दोलनकारीबाटै मारिएका गरी ३१ जनालाई सहिद घोषणा नगरिएको हो। भाटभटेनीमा जलेका १२ जनाको भने सनाखतसमेत हुन सकेको थिएन । सहसचिव वासुदेव घिमिरे नेतृत्वको कार्यदलले दिएको रिपोर्टबमोजिम कार्तिक १७ गतेको क्याबिनेट बैठकबाट पोष्टमार्टम रिपोर्टमा ‘डेथ ड्यु टु बुलेट इञ्जुरी’ लेखिएकासहित तीन जना प्रहरी मिसाएर ४५ जनालाई शहीद घोषणा गरिएको हो । ७६ मध्ये ३१ जना बेवारिस ठहरिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरल भईकन सरस राजेन्द्र गोपालका कविताहरू

४५ जेनजी शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर,३१ वेवारिसे ठहर

सामुदायिक वन उपभोक्ता समूहको रकम हिनामिना,अख्तियारले बनायो ४ जनालाई प्रतिवादी

करारका कर्मचारीलाई मंहगी भत्ता उपलव्ध गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन

नियत कि नियति : जहाँ बस्यो त्यही विवादमा मुछिन्छन्,सहसचिव हमाल

सुनचाँदी कारोबारमा ‘व्यक्तिगत खाता निषेध’: राजस्व विभागको कडाइ

उपरथी श्रेष्ठ पनि राजनीतिमा,स्वतन्त्र उमेद्धारी दिने घोषणा

सार्वजनिक संस्थानका ४७ अर्ब गोलमाल

बिशेष