सुनचाँदी कारोबारमा ‘व्यक्तिगत खाता निषेध’: राजस्व विभागको कडाइ

काठमाडौँ — बहुमूल्य धातु तथा वस्तुको कारोबार गर्ने व्यवसायीलाई अबदेखि आफ्नो कारोबार व्यक्तिगत बैंक खातामार्फत चलाउन नपाइने व्यवस्था लागू गरिएको छ। आन्तरिक राजस्व विभागले सूचक संस्था (सुन, चाँदीसहित बहुमूल्य धातु/वस्तु व्यापारी) लाई अनिवार्य रूपमा व्यवसायिक बैंक खाता प्रयोग गर्न निर्देशन जारी गरेको हो।

बिज्ञापन

 

बिज्ञापन

निर्देशनमा भनिएको छ कि व्यापारिक कारोबारमा कर्मचारी, परिवार वा तेस्रो व्यक्तिको खाता प्रयोग गर्न मिल्दैन। साथै १० लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको बिक्री हुने अवस्थामा भने ग्राहक वा उनीकै परिवारको नाममा रहेको बैंक खाताबाट मात्र भुक्तानी लिनुपर्ने व्यवस्था छ।

 

बिज्ञापन

विद्युतीय कारोबारमा सीमा परेमा सो समस्याको समाधान गर्न नेपाल राष्ट्र बैंकसँग समन्वय गरी थप व्यवस्था मिलाइदिन विभागले अनुरोध गरेको छ।

 

राजस्व विभागका अनुसार यस निर्देशना विपरीत कारोबार गरेको भेटिएमा सम्बन्धित व्यवसायीलाई कानुनअनुसार कारबाही र एक करोड रुपैयाँसम्म जरिवाना लाग्न सक्छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजस्व अनुसन्धान विभाग खारेजपछि भेप तस्करी मौलायो: रसुवामा ३६ लाख बढीको भेपसहित ८ पक्राउ

फरक प्रकृतिका पावर सेन्टर मर्ज,झनै भद्रगोल थपिने कर्मचारीको चिन्ता

सपनादेखि सफलतासम्म : झापाका ६ जनाको प्रेरक उपलब्धि

श्रम सहचारी र वाणिज्यदूतको खटनपटन अब परराष्ट्रबाट

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

खारेज भएका पदमा पार्टीका कार्यकर्ता र पूर्व सैनिक भर्ती,रास्वपाले भुल्यो बाचापत्रको मेरिटोक्रेसी

बिशेष