सुनचाँदी कारोबारमा ‘व्यक्तिगत खाता निषेध’: राजस्व विभागको कडाइ

काठमाडौँ — बहुमूल्य धातु तथा वस्तुको कारोबार गर्ने व्यवसायीलाई अबदेखि आफ्नो कारोबार व्यक्तिगत बैंक खातामार्फत चलाउन नपाइने व्यवस्था लागू गरिएको छ। आन्तरिक राजस्व विभागले सूचक संस्था (सुन, चाँदीसहित बहुमूल्य धातु/वस्तु व्यापारी) लाई अनिवार्य रूपमा व्यवसायिक बैंक खाता प्रयोग गर्न निर्देशन जारी गरेको हो।

बिज्ञापन

 

बिज्ञापन

निर्देशनमा भनिएको छ कि व्यापारिक कारोबारमा कर्मचारी, परिवार वा तेस्रो व्यक्तिको खाता प्रयोग गर्न मिल्दैन। साथै १० लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको बिक्री हुने अवस्थामा भने ग्राहक वा उनीकै परिवारको नाममा रहेको बैंक खाताबाट मात्र भुक्तानी लिनुपर्ने व्यवस्था छ।

 

बिज्ञापन

विद्युतीय कारोबारमा सीमा परेमा सो समस्याको समाधान गर्न नेपाल राष्ट्र बैंकसँग समन्वय गरी थप व्यवस्था मिलाइदिन विभागले अनुरोध गरेको छ।

 

राजस्व विभागका अनुसार यस निर्देशना विपरीत कारोबार गरेको भेटिएमा सम्बन्धित व्यवसायीलाई कानुनअनुसार कारबाही र एक करोड रुपैयाँसम्म जरिवाना लाग्न सक्छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

करारका कर्मचारीलाई मंहगी भत्ता उपलव्ध गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन

नियत कि नियति : जहाँ बस्यो त्यही विवादमा मुछिन्छन्,सहसचिव हमाल

सुनचाँदी कारोबारमा ‘व्यक्तिगत खाता निषेध’: राजस्व विभागको कडाइ

उपरथी श्रेष्ठ पनि राजनीतिमा,स्वतन्त्र उमेद्धारी दिने घोषणा

सार्वजनिक संस्थानका ४७ अर्ब गोलमाल

महानिर्देशकबाट झरेर उपमहानिर्देशक बन्न गर्दै थिए चलखेल,पुगे हिरासत

रसुवामा भालुको आक्रमण : दुई जना घाइते

एउटै घरका श्रीमान–श्रीमती र देवर एकैपटक शाखा अधिकृतमा सिफारिस

बिशेष