काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण, बबरमहलका महानिर्देशक २०८२/०८/१७ गतेदेखि निलम्बनमा रहिरहेकाले प्राधिकरणको नेतृत्व रिक्त भएको थियो। सो स्थितिमा प्राधिकरणको दैनिकी तथा नीतिगत कामकाज प्रभावित हुन नदिन सरकारको उच्च तहबाट नयाँ व्यवस्था गरिएको छ।
बिज्ञापन
मिति २०८२/०८/१९ मा सम्माननीय प्रधानमन्त्री एवं विभागीय मन्त्रीस्तरबाट भएको निर्णयअनुसार यस मन्त्रालयका सहसचिव मुकेश डंगोललाई प्राधिकरणको महानिर्देशकको समेत कामकाज गर्ने गरी थप जिम्मेवारी दिइएको छ।
बिज्ञापन
नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १९ बमोजिम अर्को व्यवस्था नभएसम्म डंगोलले कार्यवाहक महानिर्देशकका रूपमा नेतृत्व सम्हाल्नेछन्। मन्त्रालयले यो निर्णयबारे प्राधिकरणका सबै सरोकारवालालाई जानकारी गराएको छ।


























