जेन्जी सिद्धान्तअनुरूप सेवा प्रवाह: भक्तपुर नापी प्रमुखको स्पष्ट घोषणा

भक्तपुर नापी कार्यालयले  जेन्जीको मूल भावना– पारदर्शिता, समयपालन र उत्तरदायित्व– अनुसार सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। भ्रष्टाचारविरुद्ध सक्रिय नागरिक समूहसँगको भेटवार्तामा कार्यालय प्रमुख पूर्णप्रसाद पाण्डेले यस उद्देश्यलाई संस्थागत अभ्यासमा रूपान्तरण गर्न कार्यालय निरन्तर प्रयासरत रहेको बताए।

बिज्ञापन

 

बिज्ञापन

अभियन्ता प्रेमध्वज लामाको नेतृत्वमा गएको टोलीले कार्यक्षमतामा सुधारको माग राख्दै सेवा वितरणमा विलम्ब र अस्पष्टतामाथि ध्यानाकर्षण गराएको थियो। जवाफमा कार्यालय प्रमुख पाण्डेले नापी कार्यालयले जेन्जीले उठाउने सुशासन, जवाफदेहिता र सेवाग्राही सम्मानका मूल्यहरू अवलम्बन गर्दै अगाडि बढिरहेको दाबी गरे।

 

बिज्ञापन

उनका अनुसार सेवाग्राहीको समय र सरोकारलाई प्राथमिकतामा राख्नेगरी कार्यालय प्रक्रिया परिमार्जन भइरहेको छ। “जेन्जीको भावनाअनुसार– जनताप्रति संवेदनशील, पारदर्शी र छिटो सेवा– हामीलाई सबैको सहकार्य चाहिन्छ,” पाण्डेले भने।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष