भक्तपुर नापी कार्यालयमा ढिलासुस्तीको आरोपमा नागरिक समाजका प्रतिनिधिले औपचारिक ध्यानाकर्षण गराएका छन्। भ्रष्टाचारविरुद्ध सक्रिय अभियानकर्मीहरूको टोलीले कार्यालय प्रमुखसँग भेट गर्दै सेवा प्रदानीमा रहेको जटिलता र अनावश्यक विलम्बको विषयमा प्रश्न उठाएको हो।
बिज्ञापन
बिज्ञापन
अभियन्ता प्रेमध्वज लामाको नेतृत्वमा पुगेको टोलीले कार्यालयबाट एक घण्टामा टुंगिनुपर्ने कामलाई अनावश्यक रूपमा लम्ब्याइने गरेको भन्दै आपत्ति जनाएको छ।
बिज्ञापन
भेटवार्तामा प्रतिउत्तर दिँदै कार्यालय प्रमुख पूर्णप्रसाद पाण्डेले सेवा प्रवाहलाई द्रुत, सरल र पारदर्शी बनाउनेतर्फ कार्यालय निरन्तर प्रयासरत रहेको दाबी गरे। उनले यो प्रयत्नलाई प्रभावकारी बनाउन कर्मचारी, नागरिक र सरोकारवालाको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।


























