काठमाडौं । मंसिर १५ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारले मंगलबार सार्वजनिक गरेको छ। बैठकले विविध क्षेत्रसँग सम्बन्धित २७ निर्णय गरेको सरकारका प्रवक्तामार्फत जानकारी गराइयो।
बिज्ञापन
बिज्ञापन
सरकारले जेन–जी आन्दोलनका सहिद परिवारलाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ। साथै प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेन–जी सहिद दिवस’ का रूपमा मनाउन मन्त्रिपरिषद्ले सहमति प्रदान गरेको छ।
बिज्ञापन
त्यसैगरी राष्ट्रिय आर्थिक गणना सञ्चालनका लागि आवश्यक प्रशासनिक तथा आर्थिक मापदण्ड, २०८२ स्वीकृत गरिएको छ। जेन–जी आन्दोलनका क्रममा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार पार्न गठन गरिएको समितिको कार्यकाल ३० दिन थप्ने निर्णय पनि बैठकले गरेको छ।
अन्य विषयमा समेत छलफल गर्दै सरकारले आगामी कार्यक्रम, योजना तथा नीतिगत कामलाई अघि बढाउने निर्णयहरू गरेको बताइएको छ।



























