काठमाडौं । नेपाल प्रहरीका डीआईजी जयराज सापकोटालाई प्रहरी हेडक्वार्टरले स्पष्टीकरण सोधेको छ ।डीआईजी सापकोटाले प्रहरी नियमावली विपरीत आचरण गरेको आरोपमा उनलाई स्पष्टीकरण सोधिएको हो ।गत सोमबार कोशी प्रदेशमा भएको तीन डीआइजीको सरुवा सम्बन्धी निर्णयमा सापकोटाले टिप्पणी गरेका थिए ।
बिज्ञापन
उनलाई विभागीय कारबाहीको प्रक्रिया अघि बढाइएको हेडक्वाटर स्रोतले जानकारी दियो ।‘मिडिया नीति तथा आचार संहिता विपरीत काम गरेका कारबाही प्रक्रिया अघि बढाएका छौं’ हेडक्वार्टर स्रोतले भन्यो ।
बिज्ञापन
गृहमन्त्री ओमप्रकाश अर्यालले कोशीमा विनोद घिमिरेलाई पठाउने निर्णय गरेपछि , ‘हम कभी नहि सुध्रेङ्गे, नेपाल पुलिस डीआईजीपी पोस्टिङ’ सापकोटाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए ।
बिज्ञापन
प्रहरी नियमावली-२०७१ विपरीतको आचरण गरेको हुनाले डीआईजी सापकोटालाई स्पष्टीकरण सोधिएको प्रहरी प्रवक्ता (डीआईजी) अविनारायण काफ्लेले बताएहाल उनी कार्य विभाग अन्तर्गत कार्य निर्देशनालयमा कार्यरत छन् ।


























