नक्कली पिएचडी बनाएर पद कब्जा : चारजनामाथि अख्तियारको भ्रष्टाचार मुद्दा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भित्रै पिएचडी जालसाजीको काण्ड फुटेसँगै नक्कली शैक्षिक योग्यता प्रयोग गरी पद हातपारेका कर्मचारीसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बिज्ञापन

 

बिज्ञापन

मुद्दाअनुसार क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरका तत्कालीन सहपरीक्षा नियन्त्रक डिल्लीराम प्रसाईंले कहिल्यै पिएचडी नगरेको हुँदाहुँदै झूटो प्रमाणपत्र पेश गरी आफूलाई ‘डाक्टर’ बनाइएको दाबीसहित नियुक्ति हात पारेका थिए। अझ लाजमर्दो कुरा—छनोट समितिका सदस्यहरू स्वयंले कागजात हेर्नेसम्म जहमत नलिएर दस्तुर अनुसार प्रमाणित गरिदिएका कारण उनीहरू समेत प्रतिवादी बनेका छन्।

 

बिज्ञापन

प्रसाईंको कागजात ‘प्रमाणित’ गर्ने समितिमा पद्मकन्या लक्ष्मी क्याम्पसकी प्राध्यापक डा. जयालक्ष्मी प्रधान, त्रिवि रसायनशास्त्र विभागका डा. मेघराज पोखरेल र नेपाल विज्ञान तथा विधि प्रज्ञान प्रतिष्ठानका डा. मोतीलाल शर्मा रहेका छन्।

त्रिविको आन्तरिक छानबिनले प्रसाईंको पिएचडी सुरुदेखि नै नक्कली भएको तथ्य बाहिरिएपछि विश्वविद्यालयले उनलाई तत्काल पदबाट हटाएर गोविन्दप्रसाद गुरागाईंलाई नयाँ सहपरीक्षा नियन्त्रक नियुक्त गरिसकेको छ।

 

प्रसाईं हाल डिग्री क्याम्पस विराटनगरका प्राध्यापक हुन्—तर उनीमाथिको नक्कली डिग्री काण्डले त्रिवि व्यवस्थापनको विश्वसनीयतामै ठुलो प्रश्नचिन्ह उब्जाएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामाजिक सुरक्षाको छाताभित्र साढे २६ लाख नागरिक

कालोसूचीमा १४ निर्माण कम्पनी

तीन शाखा अधिकृत उपसचिव बढुवा सिफारिस

नक्कली पिएचडी बनाएर पद कब्जा : चारजनामाथि अख्तियारको भ्रष्टाचार मुद्दा

दरबन्दीभन्दा बढी कर्मचारी राखेको खुलासापछि १५ कर्मचारी राजस्व अनुसन्धानबाट ‘आउट’

नायब सुब्बा तहका ७७ कर्मचारीको सरुवा

गृहका एक सहसचिव र दुई उपसचिवको सरुवा,फेरिए दुई जिल्लाको सीडीओ

प्रधानमन्त्रीको सचिवालयमा व्यापक कटौती,विवादित श्रेष्ठ अझैं जिम्मेवारीमा

बिशेष