वीरगञ्जमा ‘छुट–जग्गा सेटिङ’ काण्ड : सर्भेक्षक र सहयोगी १ लाख घुससहित रंगेहात समातिए

पर्सास्थित नापी कार्यालयमा चलिरहेको अवैध लेनदेनको नक्सो फेरी उदांगो परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वीरगञ्ज–३, आदर्शनगरमा कार्यरत नापी कार्यालयका दुई कर्मचारीलाई १ लाख रुपैयाँ घुससहित सोमबार रंगेहात पक्राउ गरेको हो।

बिज्ञापन

समातिनेमध्ये सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायले सेवाग्राहीको छुटिएको जग्गा दर्ता प्रक्रिया छिटो पारिदिने नाममा रकम माग्दै आएका थिए।

बिज्ञापन

सेवाग्राहीबाट आएको गुनासोपछि अख्तियारको केन्द्रीय कार्यालय, टंगालबाट खटिएको टोलीले निगरानी बढाउँदै दुवै जनालाई घुस बुझिसकेकै अवस्थामा नापी टोली बस्ने कक्षमै नियन्त्रणमा लिएको हो।

घटना सार्वजनिकसँगै कार्यालयभित्रको कर्मचारीको संलग्नता र भूमाफियासँगको सम्भावित सञ्जालबारे पनि प्रश्न उठ्न थालेका छन्। अख्तियारले दुवै जनालाई custodyमा राखी थप अनुसन्धान चलाइएको जानकारी दिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुको गृहमा सरुवा,अम्बादत्तलाई नापी

खरिदारदेखि उपसचिव तहका ७५ कर्मचारीको सरुवा

कार्यालय सहयोगीको तलब ३५ हजार,मुख्य सचिवको १ लाख २१ लाख हजार कायम गर्न प्रस्ताव

बिशेष