वीरगञ्जमा ‘छुट–जग्गा सेटिङ’ काण्ड : सर्भेक्षक र सहयोगी १ लाख घुससहित रंगेहात समातिए

पर्सास्थित नापी कार्यालयमा चलिरहेको अवैध लेनदेनको नक्सो फेरी उदांगो परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वीरगञ्ज–३, आदर्शनगरमा कार्यरत नापी कार्यालयका दुई कर्मचारीलाई १ लाख रुपैयाँ घुससहित सोमबार रंगेहात पक्राउ गरेको हो।

बिज्ञापन

समातिनेमध्ये सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायले सेवाग्राहीको छुटिएको जग्गा दर्ता प्रक्रिया छिटो पारिदिने नाममा रकम माग्दै आएका थिए।

बिज्ञापन

सेवाग्राहीबाट आएको गुनासोपछि अख्तियारको केन्द्रीय कार्यालय, टंगालबाट खटिएको टोलीले निगरानी बढाउँदै दुवै जनालाई घुस बुझिसकेकै अवस्थामा नापी टोली बस्ने कक्षमै नियन्त्रणमा लिएको हो।

घटना सार्वजनिकसँगै कार्यालयभित्रको कर्मचारीको संलग्नता र भूमाफियासँगको सम्भावित सञ्जालबारे पनि प्रश्न उठ्न थालेका छन्। अख्तियारले दुवै जनालाई custodyमा राखी थप अनुसन्धान चलाइएको जानकारी दिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

वीरगञ्जमा ‘छुट–जग्गा सेटिङ’ काण्ड : सर्भेक्षक र सहयोगी १ लाख घुससहित रंगेहात समातिए

नापी सर्भेक्षक र कार्यालय सहयोगी १ लाख घुससहित पक्राउ

पञ्जीकरण विभागको वेबसाइट ह्याकरमुक्त, डेटा सुरक्षित

सुरेन्द्रले छाडेको ठाउँमा कँडेल,आजै शपथ

राहादनी विभागबाट ८ विचौलिया पक्राउ,कर्मचारीसँगको नेक्सस खोज्दै प्रहरी

दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र छोड्‌न अल्टिमेटम दिँदै ‘ह्याकर’ले गरे पञ्जीकरण विभागको वेबसाइट ह्याक

दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक, नियुक्तिबारे समेत निर्णय हुने संकेत

अधिकार नै खोस्ने खेल’: सीडीओद्वारा सत्याग्रह रोकिँदा निजामती कर्मचारी आक्रोशित

बिशेष