नापी सर्भेक्षक र कार्यालय सहयोगी १ लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी सर्भेक्षक र कार्यालय सहयोगीलाई घुसससिहत पक्राउ गरेको छ ।

बिज्ञापन

उनीहरूले छुट जग्गा दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग एक लाख घुस लिइरहेको अबस्थामा अख्तियारको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा वीरगञ्जबाट नापी कार्यालयका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय रहेका छन्।

बिज्ञापन

सेवाग्राहीबाट घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको केन्द्रीय कार्यालय, टंगालबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा वीरगञ्ज महानगरपालिका ३, आदर्शनगरस्थित नापी टोलीको कार्यालयबाटै रकमसहित नियन्त्रणमा लिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।

बिज्ञापन

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष