दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र छोड्‌न अल्टिमेटम दिँदै ‘ह्याकर’ले गरे पञ्जीकरण विभागको वेबसाइट ह्याक

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट आज बिहानदेखि ह्याक भएको विभागका कर्मचारीहरूले जानकारी दिएका छन्। यस घटनापछि विभागका सबै अनलाइन सेवाहरू ठप्प भएका छन्।

बिज्ञापन

ह्याकरले वेबसाइटमा नेपाली फर नेपाल बाट ह्याक गरिएको जनाउँदै राष्ट्रिय भविष्यको रक्षा गर्न प्रतिबद्ध अनुसन्धान संस्था भन्ने सन्देश छोडेको छ। साथै, ह्याकरले २४ घण्टाभित्र नागरिक बचाउ अभियानका अभियन्ता एवं व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गरेको छ। ह्याकरले विभागको एडमिनमा पहुँच राखेको र सम्पूर्ण डाटामा पहुँच पुर्याएको दाबी गरेको पनि समाचारमा उल्लेख छ।

बिज्ञापन

विभागले भने वेबसाइट ह्याक भए पनि त्यहाँ रहेका सबै डाटा सुरक्षित रहेको जनाएको छ। विभागका कम्प्युटर अधिकृत राम थापाले बताए, “करिब आधा घण्टा भइसक्यो ह्याक भएको, डाटा भने सबै सुरक्षित छन्। हामी क्षति हुन नदिने गरी काम गरिरहेका छौं।”

यस घटनापछि विभागले वेबसाइटको सुरक्षामा थप ध्यान दिने र सेवाहरू पुनः सञ्चालनमा ल्याउने तयारी सुरु गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सीडीओका स्वकीयसहित २ जनाको मृत्यु

१५३४ नियुक्ति एकै झड्कामा खारेज,पाँच महिनामा बल्ल ६३ ले पाए नियुक्ति

ठेक्काको डिजिटल ढोका बन्द, फर्कियो कागजी युगमा

प्रशासनका सहसचिव धमाधम बढूवा,प्राविधिकतर्फ ठप्प

मधेश प्रदेशका ३१ शाखा अधिकृतको सरुवा

६२ शाखा अधिकृतको सरुवा : ३८ लाई स्थानीय तह खटाइँदा २२ भित्रिए सिंहदरबार

झापा प्रशासनको ‘शून्य बाँकी आवेदन’ अभियान, बिहान ७ देखि बेलुकी ६ बजेसम्म सेवा

२६ उपसचिवको जिम्मेवारी फेरियो, १६ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

बिशेष