दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र छोड्‌न अल्टिमेटम दिँदै ‘ह्याकर’ले गरे पञ्जीकरण विभागको वेबसाइट ह्याक

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट आज बिहानदेखि ह्याक भएको विभागका कर्मचारीहरूले जानकारी दिएका छन्। यस घटनापछि विभागका सबै अनलाइन सेवाहरू ठप्प भएका छन्।

बिज्ञापन

ह्याकरले वेबसाइटमा नेपाली फर नेपाल बाट ह्याक गरिएको जनाउँदै राष्ट्रिय भविष्यको रक्षा गर्न प्रतिबद्ध अनुसन्धान संस्था भन्ने सन्देश छोडेको छ। साथै, ह्याकरले २४ घण्टाभित्र नागरिक बचाउ अभियानका अभियन्ता एवं व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गरेको छ। ह्याकरले विभागको एडमिनमा पहुँच राखेको र सम्पूर्ण डाटामा पहुँच पुर्याएको दाबी गरेको पनि समाचारमा उल्लेख छ।

बिज्ञापन

विभागले भने वेबसाइट ह्याक भए पनि त्यहाँ रहेका सबै डाटा सुरक्षित रहेको जनाएको छ। विभागका कम्प्युटर अधिकृत राम थापाले बताए, “करिब आधा घण्टा भइसक्यो ह्याक भएको, डाटा भने सबै सुरक्षित छन्। हामी क्षति हुन नदिने गरी काम गरिरहेका छौं।”

यस घटनापछि विभागले वेबसाइटको सुरक्षामा थप ध्यान दिने र सेवाहरू पुनः सञ्चालनमा ल्याउने तयारी सुरु गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र छोड्‌न अल्टिमेटम दिँदै ‘ह्याकर’ले गरे पञ्जीकरण विभागको वेबसाइट ह्याक

दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक, नियुक्तिबारे समेत निर्णय हुने संकेत

अधिकार नै खोस्ने खेल’: सीडीओद्वारा सत्याग्रह रोकिँदा निजामती कर्मचारी आक्रोशित

अर्काको बुढो !!

नापी कार्यालय सुर्खेतकी सर्भेक्षकलाई कारबाहीको तयारी

२० दिनमै ४०१ कर्मचारीको सरुवा : विवाद छल्न सचिव र सहसचिव चीनतिर

मैले भोगेको जागिरे जीवन

मध्यराती दुर्गा प्रसाई पक्राउ

बिशेष