अर्काको बुढो !!

हेलो भन्छ,

बिज्ञापन

हाइ भन्छ,

बिज्ञापन

गुड मर्निङ भन्छ,

गुड नाइट भन्छ,

बिज्ञापन

मेरो सानु,

मेरो ज्यान भन्छ,

मेरो इश्वर मेरो भगवान भन्छ,

अर्काको बुढो !

 

लुकी चोरी फोन गर्छ,

म भनेपछि भुतुक्कै मर्छ,

मेरो सास,

मेरो प्राण हौं भन्छ,

तिमीबिना संसार सुन्य छ भन्छ,

अर्काको बूढो !

 

दिलमा मलाई राख्छ,

घरमा श्रीमती राख्छ,

न मेरो, न श्रीमतीको हुन्छ,

अनायसै तड्पिरहन्छ,

अर्काको बुढो !

 

कहाँ जान्छु,

के खान्छु,

कोसँग बोल्छु,

के गर्छु,

मेरो पछि परिरहन्छ,

बिहे एउटासँग,

माया एउटासँग गर्छ,

अर्काको बूढो !

 

सिन्दुर पाउनु,

सातफेरा घुम्नु,

कसम खानु र माया पाउनु फरक कुरा रहेछ,

दिलमा मलाई लुकाएर,

समाजलाई श्रीमती देखाउँछ,

अर्काको बुढो !!

रमा पौडेल, लमही दाङ

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र छोड्‌न अल्टिमेटम दिँदै ‘ह्याकर’ले गरे पञ्जीकरण विभागको वेबसाइट ह्याक

दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक, नियुक्तिबारे समेत निर्णय हुने संकेत

अधिकार नै खोस्ने खेल’: सीडीओद्वारा सत्याग्रह रोकिँदा निजामती कर्मचारी आक्रोशित

अर्काको बुढो !!

नापी कार्यालय सुर्खेतकी सर्भेक्षकलाई कारबाहीको तयारी

२० दिनमै ४०१ कर्मचारीको सरुवा : विवाद छल्न सचिव र सहसचिव चीनतिर

मैले भोगेको जागिरे जीवन

मध्यराती दुर्गा प्रसाई पक्राउ

बिशेष