अब यी २५ सेवामा हड्ताल गर्न नपाइने,राजपत्रमा निस्कियो सूचना

अबदेखि दुई दर्जन बढी अत्यावश्यक सेवामा हडताल गर्न नपाइने भएको छ । सरकारले विभिन्न २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरेको हो । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर विभिन्न २५ वटा अत्यावश्यक सेवामा हड्ताल निषेध गरेको हो ।

बिज्ञापन

नेपाल सरकारले अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ को अधिकार प्रयोग गरी २५ वटा महत्त्वपूर्ण सेवामा हडताल गर्न निषेध गरेको हो ।
जस अनुसार,
· डाँक, तार वा टेलिफोन सेवा

बिज्ञापन

· जल, स्थल वा हवाई मार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने यातायात सेवा

· हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा

बिज्ञापन

· हवाई ग्राउन्ड, रेल्वे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा

· प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धी सेवा

· हातहतियार खरखजाना वा अरू कुनै सैनिक सामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा

· सञ्चार सेवा

· आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा

· खानेपानीको सञ्चालन तथा वितरण सेवा

· पर्यटन आवास, मोटेल, होटेल, रेस्टुराँ र रिसोर्ट सम्बन्धी सेवा

· पेट्रोलियम पदार्थ (एलपी ग्याँस समेत) को पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा

· अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा ९एम्बुलेन्स सेवा जस्ता सेवाहरू०

· औषधि निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा

· फोहोर मैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा

· बैङ्किङ सेवा

· बिमा सेवा

· विद्युत् सेवा

· दैनिक उपभोग्य वस्तुहरू ९खाद्यान्न, दाल, चामल, नुन, तेल० को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा

· मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा

· मास्क सम्बन्धी सेवा

· ह्याण्ड सेनिटाइजर सम्बन्धी सेवा

· भेटेरिनरी सेवा

· कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा

· राहदानी विभागबाट प्रदान हुने सेवा

· इन्टरनेट सेवा

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

बिशेष